प्रकाशित मिति : मङ्लबार, माघ ४, २०७३
रामेछाप । सुमो भित्र आगो लगाएर चालकको हत्या गरेको अभियोगमा रामेछापबाट माओवादीका एक पूर्व लडाकूसहित २ जना पक्राउ परेका छन् । 
रामेछाप जिल्लाको मझुवा गाविसको निगाल पानीमा झापा नखनपुर घर भएका सूमो चालक विशाल खड्कालाई सूमोभित्रै गोली हानी आगो लगाएर हत्या गरेको अभियोगमा पूर्व अयोग्य लडाकू मनकुमार लिम्बु पक्राउ परेका हुन् ।
तेह्रथुम जिल्ला पौठाक गाविस–४ का लिम्बुसँगै रसुवा जिल्ला सरनथली गाविस–३ की विन्दु तामाङ पनि पक्राउ परेकी छन् ।
उनीहरुलाई झापाको दमकबाट माघ २ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक कुमोध ढुङ्गेल नेतृत्वको टोलीले घटना भएको दुई महिनापछि उनीहरुलाई पक्राउपछि मंगलबार सार्वजनिक गरेको हो । मुख्य अभियुक्त भने अझै फरार रहेको प्रहरीले बताएको छ ।
गत मंसिर ९ गते लु १ ज २१८७ नम्बरको बोलेरो जीपका चालक खड्काको रामेछापको मझुवा–१ निगालपानीमा सूमोभित्रै आगो लगाएर हत्या गरिएको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij