प्रकाशित मिति : बुधबार, माघ ५, २०७३
गोविन्द खड्का, दाङ ४ माघ चुनावी दौडधुप जत्तिकै हतार आजभोलि घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा देखिएको छ । दिनहु“ पदाधिकारी र कर्मचारीहरु बस्तिहरुमा दौडिरहेका छन् । सोधपुछ गर्छन् खानेपानीको अबस्था ।
‘बिहानभरी डिउटि गर्छु । भात खाने मात्रै फुर्सद निकाल्छु’ संस्थाका अध्यक्ष देवि वहादुर डिसीले भन्नुभयो, ‘नगरवासीलाई पानी खुवाने दायित्व पुरा गर्नतिरै लागेका छौ ।’ कामलाई सर्बोपरी ठान्ने अध्यक्ष डिसीले त्यसको ध्यानमा छु भन्नै पर्दैन । आज भोलि देखिएको थप सकृयताको अर्थ भने फरक छ ।
अध्यक्ष डिसीका अनुसार छ करोड असि लाखको योजना स्विकृत भएको छ । चन्द एण्ड वसन्त सगरमाथा जेभिले काम थालेको छ । दुई वटा टंकि बन्ने भएका छन् । एउटा ओभरहेड टंकि बन्ने छ । चारवटा वोरिङ खनिने छ । पा“च हजार सात सय नब्बे जति धारा अहिले चालु अबस्थामा छन् । अब आठ हजार दुईसय पुग्ने छन् । त्यसले पानी नपुगेका नया क्षेत्रमा लाईन विस्तार गरीने छ ।
‘हाम्रो प्राविधिक प्रकाश श्रेष्ठको टिम फिल्डमै छ’ अध्यक्ष डिसीले भन्नुभयो, ‘कुन बस्तिमा पानी कम आएको छ बुझ्छ ।’ उहाका अनुसार मोटर लगाएर आफु मात्रै पानी खान खोज्नहरुको मोटर खोस्ने कार्यक्रम तिब्र बनाईएको छ । सचिव सुमन कुमार शर्मा लगाएतका पदाधिकारीहरु पानी अभाव रहेका क्षेत्रहरुको छनौटमा लाग्नुभएको छ । अध्यक्ष डिसीका अनुसार योजनाको लक्ष्य पुसदेखि एक बर्षमा सम्पन्न गर्ने हो । विकास चाहने आफ्नो नखोट्याने प्रबृत्तिका व्यक्तिले खेतबारीमा लाईन विस्तार गर्दा अबरोध गर्न सक्ने, लेवर नपाईने, बाहिर बाट सामान झिकाउनु पर्ने, बन्द हड्तालले रोक्ने कारणले असार सम्म लम्विन सक्छ ।
अहिलेको योजनाको लक्ष्य सन् २०२२ सम्म खानेपानी सुविधा दिने रहेको छ । संस्थाले भने सन् २०३० सम्म मागेको थियो । चित्त बुझाउने काम मात्रै भएको अध्यक्ष डिसीले प्रतिकृया दिनुभयो । उहाका अनुसार धेरै घडेरी खाली छन् । बस्तिविस्तारको गति तिब्र छ । निर्माण भएका तिन चारतले घरमा आठ दश परिवार अटाएका छन् । एउटा घरमा एउटा धाराको अबधारण उपयुक्त छैन । लामो समय संस्थाको नेतृत्व सम्हाल्नुभएका अध्यक्ष डिसीका अनुसार त्यो व्यवहारीकता नबुझेर घर गनेरै धारा वितरण गर्दा खानेपानीमा अनेकौ समस्या आउने गरेका छन् ।
सो संस्थाका कार्यालय प्रमुख श्याम सुवेदिका अनुसार घोराही ६ को धन चौरमा २५ हजार लिटर क्षमता रहेको टंकि बन्ने छ । फुर्सेखालीमा एकलाख क्षमताको अर्को टंकि बन्ने छ । धनचौरले रझेना सम्म पानी वितरण गर्ने छ । फुर्सेखालीले फुर्सेखाली र गिठेपानी क्षेत्रका आधा दर्जन बढि टोलहरुमा खानेपानीको सुविधा दिने छ । मसिनामा एक सय ९९, फुर्सेखाली क्ष्ँेत्रमा एक सय ३९ धारा चलिरहेका छन् । धाराको माग थामि नसकिनु गरी बढेको छ । त्यहा खाली जमिन प्रशसत छ । प्लटिङ पनि उत्तीकै चलेको छ । बजार विस्तार त्यतै तिर हुने देखिन्छ । ठुल्ठुला खेतका फा“ट मासेर घर बन्दैछन् । त्यसले पनि पानीको माग बढाएको छ । यसैगरी गुलरीयामा खन्नलागेका बोरिङले त्यस क्षेत्रमा चारलाख लिटर क्ष्ँमताको ओभरहेड टंकि निर्माण हुने छ । त्यसले पनि खानेपानीको क्षेत्र थप विस्तार भई सुविधा दिने छ ।
यतिबेला संस्थाको तिस र दाताको सत्तरी प्रतिशत लगानीमा खानेपानी योजना सम्पन्न हुदैछन् । उपाए लागे सम्म त्यसरी नै योजना अघि बढाउन चाहेको अध्यक्ष डिसीले जानकारी दिनुभयो । उहाका अनुसार कथंकदाचित असम्भव भए सबै लगानी गरेर भएपनि संस्थाले पानी खुवाउनुपर्छ । त्यो हिम्मत पनि संस्थाले राखेको छ । ‘संस्था बलियो भए बर्षमा एउटा बोरिङ खन्न सक्छ’ उहाले भन्नुभयो, ‘त्यसले छ सात सय घरलाई पानी खान पुग्छ । बार्षिक घरबृद्धिको दर हजार भन्दा कति होला ?’ तर पुराना संरचना जिर्णहुदै भत्कीने र विग्रीने समस्याले बेला बखत अल्झाएको छ । मरमत र फेरवदलमा संस्थाको धरै रकम खर्च हुन्छ । समस्या जे सुकै भएपनि नगरवासीलाई खानेपानी सुविधा पहिलो प्राथमिकतामा राख्ने संस्थाको भनाई छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij