मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

रसुवामा सबै नागरिकले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

  • प्रकाशित मिति : शुक्रबार, माघ १४, २०७८



  • रसुवा, माघ १४ । सरकारले आगामी चैत महिना भित्र खोप लगाउन मिल्ने सबै नागरिकलाई खोप लगाइसक्ने लक्ष्य लिए अनुसार रसुवा जिल्लामा १८ वर्षमाथिका सबै नागरिकले जिल्लामै कोरोना विरुद्धको पूर्ण खोप लगाएको स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ ।

    योसँगै जिल्लामा कोरोनाविरुद्धको खोप लगाउन योग्य १८ वर्षमाथिका सबै नागरिकले पूर्ण खोप पाए सँगै रसुवा जिल्ला कोरोना विरुद्धको पूर्ण खोपयुक्त जिल्ला समेत बन्न सफल भएको छ ।
    स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार जिल्लामा १८ वर्षमाथिका कोरोनाविरुद्धको खोप लगाउनयोग्य २९ हजार १ सय ६ जना रहेकोमा २९ हजार १ सय १ जनाले कोरोनाविरुद्धको पहिलो मात्राको खोप पाएका छन् । त्यसैगरी, कोरोनाविरुद्धको दोस्रो मात्राको खोप ९५ प्रतिशतले पाएका छन् ।

    कोरोनाविरुद्धको दोस्रो मात्राको कोभिसिल्ड खोप १ हजार ३० जनाले पाएका छन् । २० हजार १ सय ५६ जनाले भेरोसेलको दोस्रो मात्राको खोप पाएका छन् । एक मात्रा मात्र लगाए हुने जोन्सन एन्ड जोन्सन खोप २ हजारलाई लगाइएको जनाइएको छ भने ४ हजार २ सय ५६ जनाले एस्ट्राजेनेकाको खोप लगाइएको जनाइएको छ ।

    स्वास्थ्य कार्यालय रसुवाका अनुसार जिल्लामा १२ देखि १७ वर्षसम्मका ४ हजार ७ सय ४३ जना बालबालिकालाई कोरोनाविरुद्धको मोडर्ना खोप लगाउने लक्ष्य अनुसार ३ हजार ४ सय ३ जना बालबालिकाले मात्र कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख बसन्त चालिसेले बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij