प्रकाशित मिति : बिहिबार, माघ ६, २०७३
इनरुवा । कोसीटप्पु वन्यजन्तु आरक्षमा आज बदेलको आक्रमणबाट चार जना घाइते भएका छन् ।
घाइते हुनेमा सुनसरी पश्चिमकुशाहा–८ बस्ने ८ रिना उराव, सङ्गीता चन्द्रवंशी, रामे उराव र पश्चिमकुशाहा–९ बस्ने चन्द्रदेव यादव रहेको आरक्षको कार्यालयले जनाएको छ ।
खर काट्न आरक्ष गएका बेला उनीहरुलाई बदेलले आक्रमण गरेको आरक्षका संरक्षण अधिकृत श्यामकुमार साहले जानकारी दिए ।
यसैबीच आरक्षले मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको पहलमा तीन दिनका लागि खरखडाई गर्न खुल्ला गरेको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij