बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

पश्चिमसेती जलविद्युत् आयोजना अघि बढाउने प्राधिकरणको निर्णय

  • प्रकाशित मिति : बिहिबार, माघ ६, २०७३



  • काठमाडौँ । पश्चिमसेती जलविद्युत् आयोजना अघि बढाउन नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले आज स्वीकृति दिएको छ ।

    प्राधिकरणको सञ्चालक समितिको आजको बैठकले चिनियाँ प्रवद्र्धक थ्रि गर्जेजबीच आयोजनाका लागि भएको संयुक्त कम्पनी स्थापना गर्नेसम्बन्धी प्रस्तावलाई स्वीकृत गर्दै सोको जानकारी लगानी बोर्डलाई समेत गराउने निर्णय गरेको हो ।

    प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले सो आयोजना नेपालको उच्च प्राथमिकतामा रहेको र आयोजना अघि बढाउन सरकारको निर्देशनअनुसार नै चिनियाँ लगानीकर्तालाई सञ्चालक समितिबाट आमन्त्रण गरिएको जानकारी दिए ।

    पाँच वर्ष अघि आयोजना विकास सम्बन्धमा सरकार र चिनियाँ पक्षबीच प्रारम्भिक सम्झौता भए पनि प्रवद्र्धकले प्रसारण लाइन पुनःस्थापना, मुअब्जालगायत विषयमा नेपालको निर्णय पर्खेको थियो ।

    कूल ७५० मेगावाट क्षमताको र करिब रु एक खर्बलागत लाग्ने सो आयोजनामा ७५ प्रतिशत लगानी थ्रि गर्जेजको र बाँकी प्राधिकरणको हुनेछ ।

    अछाम र डोटीको सीमाना भएर बग्ने सेती नदीमा निर्माण हुने आयोजनाले बढी विद्युत् माग हुने साँझको समयमा सञ्चालनका लागि उपयुक्त आयोजना मानिन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij