मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

बागमती प्रदेशमा पिपिआर खोप अभियान सुरु

  • प्रकाशित मिति : मङ्लबार, माघ २५, २०७८



  • हेटौंडा, माघ २४ । बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सबै स्थानीय तहका भेडा बाख्राहरुमा पीपीआर रोग नियन्त्रण तथा रोकथामको लागि पीपीआर खोप लगाउने अभियान सुरु गर्न लागेको छ ।

    मंगलबारबाट सुरु हुने खोप अभियान फागुन २ गतेसम्म चल्ने मन्त्रालयका प्रवक्ता राजन ढकालले बताउनुभयो । उहाँले पहिलो पटक खोप अभियान थालिएको भन्दै एक हप्ता सबै स्थानीय तहहरुमा खोप केन्द्र र भ्याक्सिनेटर तयारी अवस्थामा रहेको जानकारी दिनुभयो ।

    पहिलो चरणमा १ करोड १९ लाख रुपैयाँ बराबरको ११ लाख ९० हजार खोप मात्रा आएको पशु तथा मत्स्य विकास निर्देशनालयका निमित्त प्रमुख डा. रामप्रकाश प्रधानले जानकारी दिनुभयो । उहाँले प्रदेशमा भेडाको संख्या ९३ हजार ६ सय ३९ र बाख्राको संख्या २३ लाख ५१ हजार २ सय १७ रहेको जानकारी दिनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij