प्रकाशित मिति : शुक्रबार, माघ ७, २०७३
बनेपा । काठमाडौँ विश्वविद्यालय (केयु) मा चारवर्षीय कार्यकालका लागि डा रामकण्ठ मकाजु नै पुनःनियुक्त भएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सर्च कमिटीका सदस्यको बैठकले आज उनलाई नियुक्त गरेको केयुका प्रेस संयोजक हरिमञ्जुश्रीले जानकारी दिए ।
उनलाई औपचारिकपत्र भने आउन बाँकी नै छ । “गत मङ्सिरमा डा मकाजुको चारवर्षीय कार्यकाल सकिएपछि रजिस्टा«र डा भोला थापालाई कावा उपकुलपतिका रुपमा नियुक्त गरिएको थियो ।
रिक्त उपकुलपतिका लागि विश्वविद्यालयसभाले शिक्षामन्त्री धनीराम पौडेलको संयोजकत्वमा सर्च कमिटी गठन भएको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij