बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

समाजसेवाका लागि जुटे कलाकार र पत्रकार

  • प्रकाशित मिति : शुक्रबार, माघ ७, २०७३



  • काठमाडौं । कलाकार तथा सञ्चारकर्मीहरुको पहलमा अब केहि गरौं भन्ने नाराका साथ सार्थक नेपाल नामक सामाजिक संस्थाको स्थापना भएको छ । निःसाहय सेवा सदनकी अध्यक्ष एंव वरिष्ठ समाजसेवी सगुन शाहलाई सार्थक नेपालले समाजसेवामा पु¥याएको योगदानको कदर एंव सम्मान गर्दै विशेष सम्मानद्धारा सम्मान गरेको छ ।

    संस्थाकी अध्यक्ष तथा नायिका, निमात्री जेनी कुँवर र नेपाल भारत मैत्री अस्पतालका अध्यक्ष एंव सार्थक नेपालका सल्लाकार डा. श्याम खड्काले संयुक्त रुपमा सम्मान गरिन । त्यसैगरी सार्थक नेपालको सहयोगी संस्था एक्टर नेपाल नेटवर्कले कलाकार तथा गायक यमन श्रेष्ठलाई सम्मान गरेको छ ।

    नेटवर्क प्रवन्ध निर्देशक मनोज थापा, सार्थक नेपालकी जेनी कुँवर र नेपाल भारत मैत्री अस्पतालका अध्यक्ष डा. श्याम खड्काले संयुक्त रुपमा श्रेष्ठलाई सम्मान गर्नु भएको थियो ।

    संस्थाका पदाधिकारीहरु अध्यक्ष जेनी कुँवर, उपाध्यक्ष कलाकार तथा सञ्चारकर्मी राजेन्द्र लुईटेल, महासचिव सञ्चारकर्मी, गीतकार तथा निर्देशक मनोज थापा, सचिव गायिका तथा सञ्चारकर्मी योजना पुरी, कोषाध्यक्ष गायक तथा सञ्चारकर्मी रामकृष्ण श्रेष्ठ, सह–कोषाध्यक्ष नायिका जान्वी बोहरा, कार्यसमिति सदस्यहरु गायक तथा संगीतकार सुरेन्द्र श्रेष्ठ, मोडल तथा सञ्चारकर्मी कुशल खत्री, नायिका तथा मोडल मञ्जिता केसी, सञ्चारकर्मी निलम पौडेल, सलिना आचार्यले आफ्ना लाई पदभार ग्रहण गरेका थिए । उक्त कार्यक्रममा निःसाहय सदनमा आश्रीत आमाबुबाहरुलाई संस्थाले भोजन गराएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij