बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

तौलपुल परिसरबाट उत्पन्न हुने धुलो अब छिट्टै नियन्त्रण गरिने

  • प्रकाशित मिति : शुक्रबार, माघ ७, २०७३



  • शिव राज खनाल ( एस. के . डेबिट ) , दाङ । लमहीको रातो डाडाँमा रहेको तौलपुल परिसरबाट उत्पन्न हुने धुलो अब छिट्टै नियन्त्रण गरिने भएको छ । धुलो नियन्त्रणका लागी  तौलपुल परिसर  वरपर आरसिटि ढलानको प्रक्रियालाई अब तत्काल अगाडी बढाईने ट्रक ब्याबसायि समितिका बरिष्ठ उपाध्यक्ष रमेश केसिले जानकारी दिनुभएको छ । तौलपुल निर्माण भई सचालनमा आएको ढाई बर्ष पछि पुलको पार्किङ स्थल ढलान गरिने भएको हो ।

    दैनिक २देखि ढाईसय सम्म मालबाहक सवारीका साधनहरुको तौल हुने तौलपुलको परिसर कच्ची हुदा यस क्षेत्रका सर्बसाधारण नागरिक सहित बाटोमा हिड्ने यात्रुहरुपनि लामो समय देखि धुलाम्य हुन बाध्य भएका छन् ।

    १२ चक्के देखि ६ चक्के सम्मका मालबाहक सवारि साधनको तौल लिन आउने मुख्य स्थान कच्चीहुदा सर्ब साधारण नागरिक र  सो स्थान वरपरका बासिन्दाहरुमा धुलोले प्रत्यक्ष असर पार्न थाले पछि पटक पटक भएको छलफलबाट पुल परिसर ढलान गर्ने तयारिमा लागेको तौलपुल समितिका कार्यालय प्रमुख नारायण जिसिले जानकारी दिनुभएको छ ।

    पुल परिसरको आरसिटि ढलानका लागी भोलि समितिको बैठक बस्ने र भोलि नै टेन्डर आब्हान प्रक्रीयाबाट कार्य अगाडी बढाउने योजना रहेको बरिष्ठ उपाध्यक्ष रमेश केसिले बताउनुभयो । गर्मी याममा ठुलो भार क्षमताको गाडीले निकाल्ने धुलो र हावाले  लमही रातोडाडाको बस्ति नै जोखिममा पर्ने सम्भाबना रहेपछि गत बर्ष यस क्षेत्रका सर्ब साधारण नागरिकले धुलो नियनत्रणको माग गर्दे जिल्ला प्रशासन कार्यालय दाङमा डेलि गेसन समेत गरेका थिए ।

    मानब स्वास्थ्यमा पर्न सक्ने गम्भिर असरलाई ख्याल राख्दै समितिले यो बर्ष उक्त परिसरको ढलान गर्ने योजनालाई प्राथमकितामा राखेको समितिका कर्मचारी गौरब आचार्यले जानकारी दिनुभएको छ ।  उक्त तौलपुलबाट ८० हजार किलो सम्मको तौल एकै पटक लिन सकिन्छ । टेण्डर प्रक्रियाबाट ढलान गरिने त्यसका लागी समितिको भोलि शनिबार नै बैठक बस्ने  कार्यालय प्रमुख नारायण केसिले जानकारी दिनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij