प्रकाशित मिति : शुक्रबार, माघ ७, २०७३
शिव राज खनाल ( एस. के . डेबिट ) , दाङ । दाङको देउुखुरी उपत्यकाको सतबरिया गाबिसका बिभिन्न स्थानका कृषकहरुले यो बर्षको माघि पर्बको अबसरमा मात्र १सय २१ टन बढि सखरखण्ड जिल्लाबाहिर निकासि गरेका छन् ।
जिल्लाका देउखुरी उपत्यकाको अधिकाश बाजो जमिन सखरखण्ड उत्पादनको हिसाबले उर्बर रहेपनि त्यस तर्फ जिल्ला कृषिबिकाश कार्यालयको ध्यान अझै पुगन सकेको छैन । देउखुरी उपत्यका अन्र्तगतका अन्य गाबिसमा किसानहरुले बर्षमा कति सखर खण्ड उत्पादन गर्छन भन्ने लेखाजोखा छैन ।
तौलपुल लमही रातोडाडाले दिएको जानकारी अनुसार सतबरिया गाबिसबाट मात्र माघिको अबसरमा ६ ट्रक सखरखण्ड जिल्लाबाहिर निकासि भएको तौलपुलका कार्यालय प्रमुख नारायण जिसिले जानकारी दिनुभएको छ ।
सो सम्बनधमा जानकारी लिा जिल्ला कृषिबिकाश कार्यालय दाङका तिलक केसिले सखरखण्डको बारेमा कार्यालयमा कुनै अभिलेख नभएको जानकारी दिनुभएको छ । जिल्लामा आनतरिक खपत कति भयो र कुन कुन स्थानमा सखरखण्डको उतपादन हुनछ भन्ने सम्बनधमा किसानको क्षेत्रमा क्रृयाशिल कृषि कार्यालय आफै बेखबर भएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij