प्रकाशित मिति : आइतवार, माघ ९, २०७३
भारतको आन्ध्र प्रदेशको विजयनगरम जिल्लाको कुनेरु स्टेशन नजिकै हिराखण्ड एक्सप्रेशको आठवटा डिब्बा शनिबार अबेर राती ट्र्याकबाट बाहिरिएपछि २३ को मृत्यु भएको छ भने सयभन्दा बढि घाइते भएका छन् ।
दुर्घटना ओडिशाको रायगढाबाट २४ किलोमिटर टाढा भएको हो । मृत्यु हुनेको संख्या वृद्धि हुनसक्ने आशंका गरिएको छ ।
हिराखण्ड एक्सप्रेश जगदलपुरबाट भुवनेश्वर जाँदै थियो । दुर्घटना भएको स्थान माओवाद प्रभावित इलाका भएको बीबीसीले बताएको छ ।
घाइतेलाई रायगढाको अस्पतालमा भर्ना गरिएको छ । भारतीय रेलवेले आफ्नो ट्वीटर ह्यान्डलमार्फत हेल्पलाइन नम्बरको जानकारी दिएको छ ।
दुर्घटनाको जानकारीपश्चात् आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबू नायडूले ट्वीट गरे, ‘विजयनगरम नजिकै रेल दुर्घटनाको बारेमा थाहा पाउँदा निकै दुखी भएको छु । हामी उक्त दुर्घटनामा निकै संवेदनशील भएको छौं र हरसम्भव मद्दत गरिरहेका छौं । दुर्घटनामा मारिएका परिवारप्रति मेरो समवेदना छ । हामी दुर्घटनाको कारण बारे अनुसन्धान गरिरहेका छौं ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij