बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

६ मा पढ्दा बिहे, १० मा दुई सन्तान

  • प्रकाशित मिति : आइतवार, माघ ९, २०७३



  • बैतडी । गाँजरी–५, धौल्याडीकी निर्मला धामीले २० बर्षमै परिवार नियोजनको स्थायी बन्ध्याकरण गरिन् । भर्खर मात्र विवाह गर्ने उमेर पुगेकी उनले १६ बर्षको उमेरमा विहे गरेर दुई सन्तान जन्माइसकेकी छिन् ।

    उनले गत महिना गाँजरी स्वास्थ्य चौकीमा स्थायी बन्ध्याकरण मिनिल्याप गराइन् । जिल्लामा ‘विहेबारी बीस बर्ष पारी’ भन्ने नारासहित बालविवाहविरुद्धको अभियान चलिरहेको छ तर धामीजस्तै किशोरीको सानैमा विहे गरेपछि छिट्टै सन्तान जन्मने गरेका छन् ।

    स्वास्थ्य कार्यालयले आयोजना गरेको मिनिल्याप(महिलाको स्थायी बन्ध्याकरण) शिविरमा निर्मलाका पति सोपान पनि सँगै थिए । २३ बर्षीय सोपान गाजरी माविमा कक्षा १० मा पढ्छन् । उनले ६ कक्षामा छँदा विहे गरेका थिए ।

    विद्यालय जान नपाएकी निर्मला भने अझै निरक्षर छिन् । जेठो छोरा पनि तीन बर्षका पुगे, छोरी ६ महिनाकी । ‘बिहे गर्ने सोच थिएन, घरपरिवारले गरिदियो’, सोपानले भने, ‘बिहे गरेको अर्को बर्ष छोरा जन्मियो, २ छोराछोरी भएपछि अब नजन्माउने सोचले बन्ध्याकरण गरेका हौं ।’

    जिल्लामा ५९ दशमलव ४ प्रतिशत महिलाको १७ बर्ष नपुग्दै बिहे र १९ बर्षमै आमा बन्ने गरेको संयुक्त राष्ट्रसंघ जनसंख्या कोषका जिल्ला अधिकृत गणेश साहीले बताए ।

    नागरिक दैनिकबाट

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij