बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

चार जिल्लामा २४० परिवार दोस्रो किस्ता पाउन प्रमाणित

  • प्रकाशित मिति : आइतवार, माघ ९, २०७३



  • भूकम्प अतिप्रभावित चार जिल्लामा २४० परिवार दोस्रो किस्ता पाउनका लागि जिल्ला समन्वय समितिबाट प्रमाणित भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।

    पहिलो किस्ता लिई निजी आवास निर्माणका लागि जगको काम सम्पन्न गरेका लाभग्राहीलाई गाउँ/नगरमा खटिएका इन्जिनियरले भूकम्प प्रतिरोधी संरचना भनी सिफारिस गरेपछि जिल्ला समन्वय समितिले प्रमाणित गर्नुपर्ने व्यवस्था छ । यो प्रक्रिया पार गरेर आउने लाभग्राहीको सङ्ख्या २४० रहेको प्राधिकरणका सहायक प्रवक्ता डा भीष्मकुमार भुसालले जानकारी दिए।

    “दोस्रो किस्ता पाउँ भनी सिन्धुपाल्चोकमा ५४७, धादिङमा ५८३, काभ्रेपलाञ्चोकमा ४५३, गोरखामा २०१६, दोलखामा ३८९, रामेछापमा ५१२, मकवानपुरमा ४०४ र ओखलढुङ्गामा २११ ले निवेदन दिएकामा सिन्धुपाल्चोकमा ६०, काभ्रेपलाञ्चोकमा १००, गोरखामा ५८ र रामेछापमा २२ मात्र छन्”– उनले भन्नुभयो ।

    दोस्रो किस्ता वितरणका लागि प्राधिकरणले ११ जिल्लामा रु तीन अर्ब पठाउने तयारी गरेको छ । दक्ष कामदारको अभावमा पहिलो किस्ता लैजानेले पनि निर्माणको काम सुरु गर्न नसकेको खबर सार्वजनिक भएपछि प्राधिकरणले नेपाली सेनाका २०० जनालाई प्रशिक्षक प्रशिक्षण सञ्चालन गर्ने गरी खटाउने तयारी गरेको सहायक प्रवक्ता भुसालले बताए।

    माघ १८ गतेदेखि खटिने सेनाका लागि तालिम दिई माघ २५ गतेदेखि स्थलगतरुपमा खटाउने तयारी गरिएको छ ।

    भूकम्पबाट आवास पूर्णरुपमा क्षति भई प्रमाणीकरण भएका लाभग्राहीलाई पहिलो किस्तामा रु ५० हजार, दोस्रो किस्तामा रु एक लाख ५० हजार र तेस्रो किस्तामा रु एक लाख अनुदान दिइन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij