बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

ट्रम्पले उनीविरुद्धको आन्दोलनमा मुख फोरेः ‘मानिसले मलाई भोट नै नदिएको भए हुन्थ्यो’

  • प्रकाशित मिति : सोमवार, माघ १०, २०७३



  • डोनल्ड ट्रम्पले राष्ट्रपति पदको लागि शपथ लिएलगत्तै उनीविरुद्ध लगातार नाराबाजी र आन्दोलन भइरहेका छन् । उनी विरुद्धको प्रदर्शनमा हज्जारौं महिला संलग्न भए जसमा हाइ प्रोफाइल सेलिब्रिटीको उल्लेख्य मात्रामा उपस्थिती रह्यो । ट्रम्पमाथि देश टुक्राएको र महिला विरोध नीति नियम बनाएको आरोप लगाइएको छ । यसमा ट्रम्पले भने, ‘आखिर मानिसहरुले मलाई भोट नै किन दिए ?’ ट्रम्पले २० जनवरीमा ४५ औं राष्ट्रपतिको रुपमा शपथ ग्रहण गरेका थिए ।

    – यद्यपी ट्रम्पले यो पनि भने, ‘मानिसहरुले कुनै पनि मुद्दामा आफ्नो विचार व्यक्त गर्ने हक छ ।’

    – उनले ट्वीटमा भने, ‘शान्तिपूर्ण प्रदर्शन हाम्रो देशको ताकत हो । यदि म सधैं सहमत भइन भने पनि म यो कुरामा विश्वास गर्छु कि मानिसहरुले आफ्नो सोचलाई व्यक्त गर्नै पर्छ ।’

    एक अन्य ट्वीटमा ट्रम्पले लेखे, ‘मैले आफ्नो विरुद्धको प्रदर्शन देखे । तर यी सबै कुरा हामीले निर्वाचनको क्रममा देखिसकेका छौं । जब मानिसहरुले मेरो विरोध नै गर्नु थियो भने उनीहरुले आखिर किन भोट दिए ।’

    वासिङ्टनसमेत थुप्रै शहरमा भयो प्रदर्शनः

    – वासिङ्टनको सडकमा हज्जारौं महिलाहरुले नयाँ सरकारको नीति नियमको विषयमा प्रदर्शनद गरे ।

    – प्रदर्शनकारीहरुले पर्चामा लेखेका थिए, ‘महिला अधिकार अन्त्यमा मानव अधिकार हो । ट्रम्प, पुटिनको हातको खेलौना हुन् ।’

    – वासिङ्टनमा भएको प्रदर्शनमा मात्र करिब २ लाख मानिसको संलग्नता थियो ।

    – यसका साथै न्यूयोर्क, लस एन्जलस, शिकागो र बोस्टमा पनि महिलाले प्रदर्शन गरे । यस्तै प्रकारको र्याली लण्डन, सिड्नी र टोकियोमा पनि आयोजना गरिने बताइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij