प्रकाशित मिति : सोमवार, माघ १०, २०७३
अर्घाखाँची । सरकारले पर्याप्त ध्यान नदिएका कारण र राजनीतिक अस्थिरताका कारण नेपालको लोक संस्कृति धरापमा परेको एक कार्यक्रमका बक्ताले बताएका छन् ।
रिपोर्टर्स क्लब नेपाल अर्घाखाँची शाखाले सन्धिखर्कमा गरेको सात्क्षात्कार कार्यक्रममा बोल्दै राष्टिय लोक तथा दोहोरी गित प्रतिष्ठानका अध्यक्ष बद्रि पंगेनीले पछिल्लो समयमा लोक संगितमा विकृती देखा पर्न थालेको बताए ।
उनले संस्कृतिलाई जर्गेना गर्न दौरा सुरुवाल, गुन्योचोलो, साडी लगाएर मेला महोत्सवमा कलाकारले गित गाउनुपर्ने नियम ल्याउन थालेको बताए । नेपालीको पहिचान झल्किने खालको संस्कृतिलाई बचाउनुपर्ने उनको तर्क छ । सोहि क्रममा पंगनी ले ५ नम्बेर परदेशका जनताको भाबना बिपरित सरकारले लेयाको प्रस्ताब कुनैपनि हालतमा स्वीकार्य नहुने धारणा व्यक्त गरे ।
गायिका कोमल ओलीले संस्कृतिको जगेर्ना गर्न सबै नेपालीले पहल गर्नुपर्ने बताइन् । छन्द, स्रोता र दर्शकलाइ मनोरंजन दिनकै लागी मात्र नभई नेपालको पहिचान र सस्कृतिको जगेर्ना गर्ने खालका गीत प्रति सबै कलाकारले जोड दिनुपर्ने उनको भनाई छ ।
संचारकर्मी समेत रहेकी ओलीले आफु विश्वका ८० भन्दा बढी मुलुकको कला र सस्कृति नजिक बाट बुझिको बताउदै नेपालको सस्कृति पनि पश्चिमी मुलुकको सस्कार तिर गइरहेको देख्दा चिन्ता व्यक्त गरिन । कला र सस्कृति देशको पहिचान भएकाले यसको जगेर्ना गर्नु सबैको दायीत्व रहेको बताइन ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij