प्रकाशित मिति : सोमवार, माघ १०, २०७३
काठमाड । सरोकारवालाहरुले संविधानमा बालअधिकारको प्रावधान रहेपनि त्यसको व्यवहारिक कार्यान्वयन गर्न ‘संविधानमा बालअधिकार राष्ट्रिय सचेतना अभियान’ कार्यक्रम शुरु गरेका छन् ।
बाल सहभागितामा कार्यरत संस्थाहरुको साझा समूह (कन्सोर्टियम नेपालले आइतबार राजधानीमा एक कार्यक्रम गरी अभियानको सुरुवात गरेका हुन् । कार्यक्रमको शुभारम्भ व्यवस्थापिका संसद, महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण समितिकी सभापति रञ्जुकुमारी झाले अभियानलाई देशव्यापी बनाउनुपर्ने बताएकी थिइन् ।
कार्यक्रममा अधिकारकर्मी मिलन धरेलले वर्तमान संविधान बालअधिकारको दृष्टिकोणले संसारकै उत्तम संविधानका रुपमा रहेको भन्दै संविधान आफैं चलायमान नहुने भएकाले कार्यन्वयनका निम्ति सबैले आफ्नो ठाउँबाट क्रियाशिलता देखाउनुपर्ने बताए ।
कन्र्सोटियम नेपालका कार्यकारी निर्देशक नूरजंग शाहले १० हजार भन्दा बढि बालबालिकालाई बालअधिकारका बारेमा सचेतना अभिबृद्धि कार्यक्रम गरिने बताए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij