प्रकाशित मिति : मङ्लबार, माघ ११, २०७३
काठमाडौं । सरकारले गरिब र विपन्न नागरिकको उपचारका लागि ल्यएको १० प्रतिशत निशुल्क स्वास्थ्य सेवा कागजमै सीमित हुन पुगेको खबर आजको नयाँ पत्रिकामा छ ।
स्वास्थ्य मन्त्रालयले गत पुस १ गतेबाट निजी र सामुदायिक अस्पतालमा १० प्रतिशत निशुल्क सेवा सुरु गरेको थियो । एक महिनाको अवधिमा गरिब तथा विपन्न परिवारको नामबाट एक जनाले मात्र सेवा लिएका छन् ।
सरकारी तथ्यांक अनुसार निशुल्क सेवा लिनेमा ललितपुर गोदावरीका ४५ बर्षीय कृष्ण विशुंखे छन् ।
उनले पहिलो दिन सरकारले दिएको निशुल्क सेवा लिएका थिए । वीर अस्पतालमा भर्ना भएका उनलाई सरकरले थापाथलीस्थित नर्भिक अन्तराष्ट्रिय अस्पतालमा भर्ना गराई निशुल्क सेवा सुरु गरेको थियो ।
कलेजोसम्बन्धी रोगको समस्याले लामो समयदेखि थला परेका विशुंखेको भर्ना भएको एक सातापछि मृत्यु भएको अस्पतालले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij