बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

सम्पदाको जगमा बियरका बोतल भेटियो

  • प्रकाशित मिति : बुधबार, माघ १२, २०७३



  • काठमाडौं । भुईंचालो गएपछि बसन्तपुर क्षेत्रका मठ मन्दिरमा लगाइएको बारको जग बनाउँदा जमिनमुनि बियरका बोतल भेटिएका छन् ।
    पुरातत्व विभाग र बेलायतको दुरहाम विश्विद्यालयले उत्खनन गर्ने क्रममा बियरको बोतल प्रयोग गरेको भेटिएको खबर आजको कान्तिपुरमा छ ।

    बार लगाउने क्रममा जमिनमुनि सिमेन्ट इँटा र बियरको बोतल मिसिएको भेटिएको हो । स्थानीयबासीका अनुसार ठेकेदारले राति राति काम गरेका थिए । ‘राति किन काम गरे भनेर अचम्म लागेको थियो ।’ सम्पदा बचाउ अभियानका सक्रिय आलोकसिद्धि तुलाधर भन्छन् ‘यस्तो निच काम गर्न पो रहेछ ।’

    विश्व सम्पदा क्षेत्रमा परम्परागत रुपमा जे सामानबाट बनेको हो, त्यही सामान मात्रै प्रयोग गर्न पाइन्छ । यहाँका मठ मन्दिर, दरबार चुना, सुर्की र बालुवा प्रयोग गरि बनाइएका हुन् ।

    यहाँ पुरातात्विक मापदण्ड अनुसार सिमेन्टसमेत प्रयोग गर्न पाइदैन । तर यहाँ सिमेन्ट प्रयोग भएको छ । यो घटनाले ठेकेदारलाई काम दिँदा अनेक गरी सम्पदा मासिदिने चिन्ता भएको तुलाधार बताउँछन् ।

    सम्पदा पुननिर्माण गर्दा जमिनमुनिको सम्पदा पनि जोगाउनुपर्ने स्थानीयवासीको माग छ । ‘ठेक्कामा दिँदा सम्पदा जोगिँदैन भन्ने अर्काे उदाहरण हो सम्पदामा गरिएको यो लापरबाही,’ उनी भन्छन्, ‘थोरै पैसाको लोभले त यस्तो तल्लो स्तरको काम गर्छन् भने झन् ठूलो योजनामा के गर्लान् ?’ काठमाडौं महानगरले झन्डै १६ लाख रुपैयाँ ठेक्कामा यो काम दिएको महानगरका इन्जिनियर कवीन्द्र नकर्मीले जानकारी दिए ।

    महानगरपालिकाअन्तर्गतको हनुमानढोका दरबार क्षेत्र आयोजनाका प्रमुख उदय पसखलका अनुसार माजुु देग, वंशगोपाल, त्रैलोक्यमोहन, काष्ठमण्डपलगायत सम्पदामा तारबार लगाइएको छ । तत्कालीन प्रमुख हरिकुमार श्रेष्ठको कार्यकालमा यो काम भएको उनले जानकारी दिए ।

    यहाँ बोतल राखिएको बारे आफूलाई जानकारी नभएको पसखलले जानकारी दिए । ‘अब सम्पदा बनाउँदा हाम्रा प्राविधिकलाई चौबीसै घण्टा निगरानीमा राख्न लगाउँछौं,’ उनले भने ।

    यहाँका अधिकांश सम्पदा मल्लकालका र कुनै–कुनै लिच्छविकालका समेत छन् । काष्ठमण्डप सातौं शताब्दीमा बनेको पुष्टि भइसकेको छ । यसको निर्माता लीलावज्र हुन् । यो सत्तल वज्रयानी दर्शनमा बनेको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij