बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

महावाणिज्य दूतावासले एम्बुलेन्स र स्कुल बस दिने

  • प्रकाशित मिति : बुधबार, माघ १२, २०७३



  • पर्सा । नेपालका लागि वीरगन्जमा रहेको भारतीय महावाणिज्य दूतावासले विभिन्न नेपाली स्वास्थ्य तथा शैक्षिक संस्थालाई दुईवटा एम्बुलेन्स र दुईवटा स्कुल बस निःशुल्क सहयोग दिने घोषणा गरेको छ ।

    भारतको ६८औँ गणतन्त्र दिवसका अवसरमा यही माघ १३ गते वीरगन्जमा आयोजना हुने एक कार्यक्रमबीच एम्बुलेन्स र स्कुल बस वितरण गर्ने महावाणिज्य दूतावासले घोषणा गरेको हो ।
    महावाणिज्य दूतावासले मङ्गलबार वीरगन्जमा आयोजना गरेको पत्रकारसम्मेलनलाई सम्बोधन गर्दै महावाणिज्यदूत वैष्णोचरण प्रधान (बिसी प्रधान) ले २६ जनवरीका अवसरमा आयोजना हुने कार्यक्रममा एम्बुलेन्स र स्कुल बसको कागजात तथा साँचो वितरण गर्ने जानकारी दिए ।

    उहाँले प्रत्येक वर्ष झँै यस वर्ष पनि जानकी मेडिकल कलेज, जनकपुर र नेपाल रेडक्रस सोसाइटी, पथरैया, सर्लाहीलाई एक–एक थान एम्बुलेन्स हस्तान्तरण गरिने बताए । त्यस्तै, श्री झमकेश्वरी सेकेन्डरी स्कुल, पालुङ, मकवानपुर र जनकपुर नर्सिङ क्याम्पस, धनुषालाई स्कुल बस वितरण गर्ने निर्णय गरेको महावाणिज्यदूत प्रधानले बताए ।

    महावाणिज्यदूत प्रधानले नेपालको उद्योग व्यवसायलाई फस्टाउनमा मद्दत गर्न भारत सधैँ प्रयासरत रहेको र नेपाल सरकारको पहलमा भारत सरकारले बारा–पर्सा औद्योगिक कोरिडोरलाई विद्युत्भार कटौतीमुक्त गर्न रक्सौल–परवानीपुर ५० मेगावाट प्रसारणलाईन तयार पारिरहेकोे जानकारी समेत दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij