बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

प्रहरी र सरकारी वकिलको सम्मेलन हुँदै, महान्याधिवक्ताले भने, ‘प्रहरीमा हिरो बन्ने प्रवृत्ति देखियो

  • प्रकाशित मिति : बुधबार, माघ १२, २०७३



  • काठमाड । अनुसन्धानकर्ता प्रहरी अधिकृत र अभियोजनकर्ता सरकारी वकिलहरुको प्रथम राष्ट्रिय सम्मेलन आगामी माघ १४ गतेबाट काठमाडौंमा हुने भएको छ ।
    तीन दिनसम्म चल्ने सम्मेलनमा अनुसन्धानकर्ता र अभियोजनकर्ताको बीचमा रहेका समस्या, समन्वय हुन नसकेका कुराहरुमा छलफल गरिने बुधवार राजधानीमा पत्रकार सम्मेलन गरेर जानकारी दिइयो ।

    प्रहरी प्रमुख उपेन्द्रकान्त अर्याल र महान्यायाधिवक्ता रमण श्रेष्ठले संयुक्त रुपमा पत्रकार सम्मेलन गरेर फौजदारी न्याय प्रणालीलाई मजवुद बनाउन सम्मेलन फलदायी हुने दावी गरेका छन् ।

    सम्मेलनमा २३५ प्रहरी अधिकृत, २५० जना सकारी वकिल, २० जना पर्यवेक्षक, महान्यायाधिवक्ताको कार्यालय र प्रहरी प्रधान कार्यालका थप २० जना अधिकारीको सहभागीता रहने जानकारी दिइयो ।

    अनुसन्धानकर्ता प्रहरी र सरकारी वकिलहरुबीच सरकारबादी मुद्दा अगाडी बढाउने सवालमा यसअधि आरोप प्रत्यारोप हुँदै आएको थियो ।

    ‘सम्मेलनपछि यसअघि हुने गरेको असमझदारी अन्त्य हुनेछ’ प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले भने, ‘सरकारी वकिल र प्रहरी बीच देखिएको असमझदारी तथा समस्या निराकरण गर्न यो सम्मेलनले महत्वपुर्ण भुमिका खेल्ने छ ।’

    महान्यायाधिवक्ता रमण श्रेष्ठले सरकारी वकिलले प्रहरीलाई विश्वास नगर्ने यथार्थता उल्लेख गर्दै भने, ‘संविधानले तोकेको भन्दा बाहिरको काम हामीले गर्नुहुँदैन, प्रहरीमा मान्छे पक्राउ गर्नासाथ प्रेस मिट गरेर हिरो हुने प्रवृत्ति देखिएको छ ।’

    अनुसन्धानमा प्रहरी कुशल भएपनि अभियोजनको पाटोमा सरकारी वलिक एक्सपर्ट भएको उल्लेख गर्दै श्रेष्ठले भने, ‘हिजो कमजोरी भयो, एकले अर्को निकायलाई आरोप लगाए अबका दिनमा कसरी जाने भन्नेबारे सम्मेलनले ठोस धारणा तय गर्नेछ ।’

    रातोपाटीबाट साभार ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij