बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

दुर्घटनामा एकको मृत्यु, चार घाइते

  • प्रकाशित मिति : शुक्रबार, माघ १४, २०७३



  • राजविराज । सप्तरीका छुट्टाछुट्टै घटनामा बिहीबार एक जनाको मृत्यु भएको छ भने अन्य चारजना घाइते भएका छन् ।

    पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको मधुपट्टीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सिरहा जिल्लाको गोविन्दपुर–२ बस्ने अन्दाजी ४० वर्षीय घुरन यादव रहेको इलाका प्रहरी कार्यालय, कडोरबनाले जनाएको छ ।
    पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स १ प २१९७ नंको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको ना ५ त ८४३० नंको ट्याक्टरमा ठोकिएको थियो ।

    यस्तै, फत्तेपुर–कञ्चनपुर सडकखण्डअन्तर्गत सप्तरीको सप्तकोसी नगरपालिका–४ मा बिजुलीको पोलमा बिहीबार ट्रक ठोकिँदा एकै परिवारका तीनसहित चारजना घाइते भएका छन् । फत्तेपुरबाट सिमेन्ट मिक्सर मेसिन बोकेर कञ्चनपुरतर्फ आउँदै गरेको ना १ क ४४५२ नंको ट्रक बिजुलीको पोलमा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    सो दुर्घटनामा परी चालक उदयपुर तपेश्वरी–९ बस्ने गणेश चौधरी, उनकी पत्नी ललिता चौधरी र १० वर्षीय छोरा प्रभात चौधरी तथा सहचालक मनकुमार मगर घाइतेभएका छन् । घाइतेको स्थानीय क्लिनिकमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij