बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

सिन्धुपाल्चोकमा ५ सय ८१ लाई नागरिकता

  • प्रकाशित मिति : शनिबार, माघ १५, २०७३



  • चौतारा । सेवाग्राहीलाई घरदैलोबाटै सुविधा प्रदान गर्ने उद्देश्यले सिन्धुपाल्चोकको थकनी गाविसमा सञ्चालित एकीकृत घुम्ती शिविरबाट ५८१ जनालाई नागरिकताको प्रमाणपत्र वितरण गरिएको छ ।
    जिल्लास्थित सरकारी कार्यालयहरुद्वारा बिहीबार सञ्चालित एक दिवसीय शिविरबाट थकनी, हैबुङ र सिन्धुकोट गाविसका बासिन्दाहरुलाई विभिन्न सेवा प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
    शिविरमा ३ सय ९ जना मतदाताको फोटोसहित नाम दर्ता, २ सय १९ जनाको सामान्य स्वास्थ्य परीक्षण, १० जनालाई अपाङ्ग परिचयपत्र र १६ जना ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ताको परिचयपत्र वितरण गरिएको थियो ।
    त्यसैगरी, १९२ घरधुरीलाई पशुपन्छीको औषधि निःशुल्क वितरण गरिएको थियो । पाँचसय कृषकको बाली परीक्षण गरी उन्नत बीउविजन वितरण गरिनाका साथै ४ सय ३१ वटा झोलासमेत वितरण गरिएको प्रशासकीय अधिकृत पिताम्बर पाण्डेले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij