बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

गैंडाको आक्रमणबाट सौराहामा महिलाको मृत्यु

  • प्रकाशित मिति : शनिबार, माघ १५, २०७३



  • चितवनको रत्ननगरस्थित सौराहामा गैंडाको आक्रमणबाट शनिबार एक महिलाको मृत्यु भएको छ ।

    रत्ननगर नगरपालिका–१९ स्थित जनकौली वनमा घाँस काट्न जानेक्रममा गैंडाले आक्रमण गर्दा स्थानीय ३५ वर्षीय लक्ष्मी श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    शनिबार दिउँसो करिब १.३० बजे स्थानीय सामुदायिक वनभित्र गैंडाले उनलाई आक्रमण गरेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीचौकी बछौलीका प्रहरी नायब निरीक्षक दुर्गा कुँवरले जानकारी दिए ।

    शवको मुचुल्का उठाउन प्रहरी टोली जंगल पुगेको उनले बताए । पाँचजनाको समूहमा घाँस काट्न गएकाबेला उक्त घटना भएको र एकजना सामान्य घाइते भएपनि अरु सकुशल रहेको ।प्रहरीले  जनाएको छ

    चितवनको निकुञ्जस्थित मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट धनजनको क्षति हुँदै आएको छ ।

    अघिल्लो महिनामा पनि चितवनको माडी र सौराहामा हात्तीको आक्रणबाट दुईजनाको मृत्यु भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij