बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

नेपाल टेलिकमको व्यापार कम

  • प्रकाशित मिति : आइतवार, माघ १६, २०७३



  • नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले एक कार्यक्रममा, नेपाल टेलिकमले अन्य सेवाप्रदायकको भन्दा धेरै फ्रिक्वेन्सी ओगटेर बसेपनि त्यसको अधिकतम प्रयोग गर्ननसकेको आरोप लगाए।
    फ्रिक्वेन्सीजस्तो सिमित स्रोतको अधिकतम प्रयोग गर्नुपर्ने भएपनि त्यसो नभएको भन्दै सेवाप्रदायकहरुलाई दबाब दिनेतर्फ झाको संकेत थियो।
    हाल नेपाल टेलिकमले ७० मेगाहर्ज फ्रिक्वेन्सी ओगेटेर बसेपनि निजि क्षेत्रको सेवाप्रदायक एनसेलले त्यसको आधा फ्रिक्वेन्सीमा पनि टेलिकमकोभन्दा बढी नाफा कमाईरहेकोतर्फ प्राधिकरणका अधिकरीहरुको कटाक्षेप छ।
    तर नेपाल टेलिकमका अधिकारीहरु भने प्राधिकरणको आरोप स्वीकार गर्न तयार छैनन्।
    संसारभर टेलिकम सेवामा फ्रिक्वेन्सीको आधारमा नफाको हिसाब नहुने भएकोले त्यसको आधारमा फ्रिक्वेन्सी व्यवस्थापनको मापन गर्नु नै गलत भएको उनीहरुको भनाइ छ।
    अन्य सेवाप्रदायकहरुले जिएसएम र त्यसमा पनि सहरकेन्द्रित सेवामात्र संचालन गरेको र त्यसबाट बढी नाफा हुने भएकोले टेलिकमसँग अरुको तुलना हुननसक्ने टेलिकमका एक अधिकारीले जानकारी दिए।
    टेलिकमले व्यापारमात्र भन्दा पनि सेवालाई  जोड दिएकोले पनि अरु सेवाप्रदायकसँग तुलना हुननसक्ने उनीहरुको भनाइ छ।
    ‘टेलिकमसँग भएको फ्रिक्वेन्सीमध्ये ३५ मेगाहर्ज सिडिएमएको र वाइम्याक्सको लागिमात्र भएको जुन सेवा नाफाभन्दा पनि नेपालका ग्रामिण क्षेत्रमा सेवा प्रवाहको लागिमात्र चलाइएकोले टेलिकमको नाफा किन भएन? भनेर सोध्नु नै गलत हो’ टेलिकमका एक अधिकारीले भने।
    अन्य सेवा प्रदायकभन्दा सस्तोमा सेवा दिइरहेकोले टेलिकमको नफा कम भएको तर नाफा कम हुनेवित्तिकै फ्रिक्वेन्सीको सदुपयोग भएन भन्नु गलत भएको टेलिकमको स्पष्टीकरण छ।
    टेलिकमले ग्रामिण क्षेत्रमा सेवा प्रदान गर्नको लागि सिडिएमए सेवा दिएको जसको व्यापार सन्तोषजनक नभएपनि त्यो सेवाको रुपमा रहेकाले टेलिकमप्रतिको आरोप निराधार भएको अधिकारीहरुले बताएका छन्।
    स्याटेलाइटबाट डाटा डाउनलोड गरेर भएपनि ग्रामिण क्षेत्रमा सेवा दिइरहेको जुन महंगो प्रविधि भएपनि सस्तोमा सेवा दिंदा अपेक्षित नफा टेलिकमको भागमा नपर्नेवित्तिकै फ्रिक्वेन्सीको दुरुपयोग भयो भन्नु गलत भएको टेलिकमका अधिकारीहरुको भनाइ छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij