प्रकाशित मिति : आइतवार, माघ १६, २०७३
बारा । स्थानीय निकाय पुनर्संरचना आयोगले कलैया नगरपालिकालाई उपमहानगरपालिका बनाउन सिफारिस नगरेको भन्दै स्थानीयवासीले चरणबद्ध आन्दोलनमा उत्रिएका छन् ।
कलैयालाई उपमहानगरपालिका बनाउनुपर्ने माग गर्दै स्थानीयवासीले माघ १७ गतेदेखि कलैयाको भरतचोकमा रिले अनसनमा बसेका छन् ।
उद्योग वाणिज्य संघ बाराको अगुवाइमा सुरु गरिएको सो अनशनमा विभिन्न राजनीतिक दल र बुद्धिजीवीहरुको सहभागिता रहँदै आएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij