प्रकाशित मिति : सोमवार, माघ १७, २०७३
पाल्पा । मंगोल नेशनल अर्गनाइजेशन पाल्पाको प्रथम जिल्ला अधिवेशन तथा मंगोल सभामा आएका एक जनाको मृत्यु भएको छ । बहादुरपुर १ पाल्पाका ३४ वर्षीय दिलबहादुर झेडीको मृत्यु भएको हो ।
आईतबारको सभामा ¥यालीका क्रममा रिंगटा लागेर ढलेका झेडीको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा मृत्यु भएको आफन्त दिलबहादुर ढेङ्गाले जानकारी दिए । उच्च रक्तचापका कारण बेहोस भएका उनलाई मिसन अस्पतालबाट सिटी स्क्यानका लागि प्रभास रेफर गरिएको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij