आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

टीकापुर घटनाको ७ वर्ष पूरा, रेशम चौधरीको पार्टीले ‘विद्रोह दिवस’को रुपमा मनाउँदै

  • प्रकाशित मिति : मङ्लबार, भदौ ७, २०७९



  • धनगढी । थरुहट/थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनको क्रममा कैलालीको टीकापुरमा एसएसपी लक्ष्मण न्यौपाने सहितका ७ जना प्रहरी र एक नाबालकको मृत्यु भएको आज सात वर्ष पूरा भएको छ । २०७२ साल भदौ ७ गते आजकै दिन भएको सो घटनामा मुख्य दोषी ठहर भएका रेशम चौधरीले जन्म कैदको सजाय भोगिरहेका छन् ।

    रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले यस दिनलाई ‘विद्रोह दिवस’का रुपमा मनाउने भएको छ । नागरिक उन्मुक्ती पार्टीका केन्द्रीय सदस्य गंगा चौधरीले जेलबन्दीका परिवारलाई सहयोग गरेर विद्रोह दिवसका रुपमा मनाइने जानकारी दिए ।

    घटनाको करिब साढे ३ वर्षपछि २०७५ फागुन २२ गते कैलाली जिल्ला अदालतले रेशम चौधरी सहितका ११ जनालाई जन्मकैदको फैसला सुनाएको थियो । उनी थुनामै रहेका बेला प्रतिनिधिसभा चुनावमा कैलाली क्षेत्र नम्बर १ बाट विजयी भएका थिए ।

    टीकापुर घटनालाई थरुहट/थारुवान संयुक्त मोर्चाले भने ‘कालो दिन’ का रुपमा स्मरण गर्दै कार्यक्रम गर्दैछ । थरुहट/थारुवान संयुक्त मोर्चाका संयोजक माधव थारुले घटनाको सम्झनामा टीकापुरको कान्छी बजारमा विरोध सभा आयोजना गरिएको जानकारी दिए । थारु समुदायको अधिकार र रेशम चौधरीको रिहाइका लागि मोर्चा शान्तिपूर्ण आन्दोलनमा रहेको बताउँदै उनले थरुहट/थारुवान संयुक्त मोर्चा, थारु कल्याणकारीसभा र थारु विद्यार्थी समाजको संयुक्त आयोजनामा विरोध सभा आयोजना गरिएको जानकारी दिए ।

    अदालतले थारु समुदायमाथि अन्याय गरेको भन्दै रेशम चौधरीसहितका कैदीबन्दीलाई रिहाइ गर्नुपर्ने माग थरुहट/थारुवान मोर्चाले राख्दै आएको छ ।

    टीकापुर घटनामा संलग्न भएको ठहरसहित कैलाली जिल्ला अदालतले रेशम चौधरी सहित हरीनारायण चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, बृजमोहन डगौरा, राजेश चौधरी, विरबहादुर चौधरी, प्रदीप चौधरी, विद्रोह भनिने सीताराम चौधरी, गंगाराम चौधरी र श्रवण चौधरीलाई जन्मकैद हुने फैसला गरेको थियो । श्रवण चौधरीलाई नाबालक भएकाले आधा अर्थात १० वर्ष सजाय तोकिएको थियो ।

    यस्तै लक्ष्मण थारु, लाहुराम चौधरीलगायतका १२ जनालाई ३ वर्ष कैद तोकिएकोमा उनीहरु कैद भुक्तान गरेर छुटेका थिए । तर जिल्ला अदालतको फैसला बदर गर्न माग गर्दै उच्च अदालत दिपायलमा पुनरावेदन गरेपछि रिहा भइसकेका लक्ष्मण थारुलाई पनि जन्मकैद हुुने फैसला सुनाइएको थियो । अहिले उनी फरार छन् ।

    ६ महिना कैद सजाय तोकिएका करन चौधरी पनि रिहा भएका छन् भने नुरुल अलि जागा भनिने तहाँवर अलि जागा, बिसराम चौधरी र रामनरेश चौधरीले सफाइ पाएका थिए । हालसम्म पनि फरार रहेका ३१ जनाको मुद्दा अदालतले मुलतवीमा राखेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij