प्रकाशित मिति : सोमवार, माघ १७, २०७३
जाजरकोट । निर्माणधिन जाजरकोट–जुम्ला सडकको खलंगा पाँचकाटिया सडक खण्डमा स्तरोन्नतीको काम सुरु भएको छ । पुर्व गृहमन्त्री शक्तिवहादुर वस्नेतले ‘काम छिटो गर्नुस् वजेट अभाव हुँदैन’ भनेपछि स्तरउन्नतीको काम सुरु गरिएको हो ।
जिल्लाका विभिन्न दर्जनौ सडकमा अहिले थप वजेटको व्यवस्था समेत गरिएको छ । सडक डिभिजनको १ करोड ९८ लाख लागतमा सडक निर्माण कार्य सुरु गरिएको हो । सडक निर्माणको जिम्मा मृत सन्जिवनी खड्का कृष्ण जेभी कन्स्ट्रक्सनले लिएको छ ।
दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी काम सुरु गरिएको हो । खलंगा पाँचकाटिया सडक खण्ड भित्र रहेको २१ किलोमिटर दुरीमा १ लाख ३६ हजार घनमिटर माटो कटीङ, माटो फिलिङ लगाएतको काम गरीने ठेकेदार रत्न खड्काले बताए ।
यो सडकमा हिउद्को समयमा जीप र ट्याक्टर गुड्ने गर्दछन् । सडकको स्तरबृद्धि गर्न थालेपछि स्थानियहरु खुसी भएका छन् । यो सडकमा ट्याक ओपन गर्दा २१ किलोमिटरमा ७ करोड भन्दा वढी खर्च भईसकेको छ । सडक स्तरबृद्धि नहुदा वर्षेनी स्थानीयहरु समस्या भोग्दै आएका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij