बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

दुई ट्रक ठोक्किँदा तीन घाइते

  • प्रकाशित मिति : मङ्लबार, माघ १८, २०७३



  • चितवन । काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ट्रक र वीरगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको ट्रक दारेचोक–७ चुङ खोलास्थित पृथ्वी राजमार्गमा आज बिहान एकापसमा ठक्कर खाँदा चालक र सहचालक गरी तीनजना घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ८१२७ नम्बरको ट्रक र विपरीत दिशातर्फ जाँदै गरेको ना ५ ख ८६६२ नम्बरको ट्रक आज बिहान ३ः३० बजे एकापसमा ठोक्किएका हुन् । दुर्घटनामा परी ना ५ ख ८६६२ नम्बरका ट्रक चालक मकवानपुर भैसे गाविस–२ का ४० वर्षीय पशुपति थापा गम्भीर घाइते भएका छन् ।

    सोही ट्रकका सोही ठाउँका सहचालक २२ वर्षीय विमल आलेमगर र अर्का ट्रकका चालक दोलखाका २८ वर्षीय राजु लामा पनि घाइते भएका छन् । उनीहरुलाई उपचारको लागि काठमाडौँ लगिएको प्रहरीले जनाएको छ ।

    दुई ट्रक ठोक्किएपछि अवरुद्ध सडक एकतर्फी खुलाइएको प्रहरीले जनाएको छ । घटनास्थल मुग्लिनबाट १० किलोमिटर काठमाडौँतर्फ पर्दछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij