प्रकाशित मिति : मङ्लबार, माघ १८, २०७३
काठमाडौ । सर्वोच्च अदालतको आदेशअनुसार सवारी ऐन २०४९ संशोधन गरी बहिरा नागरिकहरुलाई पनि सवारीचालक अनुमतिपत्र प्रदान गर्न राष्ट्रिय बहिरा महासंघ नेपालले माग गरेको छ ।
बहिराहरुका लागि सवारी चालक अनुमतिपत्र ऐन संसोधन संघर्ष समितिले मंगलबार एक विज्ञप्ति जारी गर्दै सम्मानित सर्वोच्च अदालतले २०६९÷१२÷२९ मा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ४७ मा संसोधन गरी प्रतिबन्धात्मक वाक्याङश संशोधन गर्न र बहिरा नागरिकहरुलाई सवारी चालक अनुमति पत्र उपलब्ध गराउन सरकारलाइ निर्देशनात्मक आदेश दिएको बताएको छ ।
सर्वोच्च अदालतको फैसला अनुसार व्यवस्थापिका संसदबाट सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ४७ को प्रतिबन्धात्मक वाक्यांश हटाइ ऐन संशोधन भई २०७३÷०६÷१८ मा राजपत्रमा प्रकाशित समेत भएको छ ।
तर, पनि सम्बन्धीत कार्यालयमा सवारी चालक अनुमतिपत्र लिन जाँदा बिभागबाट परिपत्र नआएको भन्दै नदिने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij