आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

द्वारिकलाल चौधरी माओवादी केन्द्रमा प्रवेश गर्दै

  • प्रकाशित मिति : शनिबार, अशोज १५, २०७९



  • सुनसरीको इटहरी उपमहानगरपालिकाका पूर्व प्रमुख तथा नेकपा एमालेका प्रदेश समिति सदस्य द्वारिकलाल चौधरी माओवादी केन्द्र प्रवेश गर्ने भएका छन् । आगामी निर्वाचनमा सुनसरीको निर्वाचन क्षेत्र २ (क)बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनाउने शर्तमा उनी माओवादी प्रवेश गर्न लागेका हुन् । यसअघि उनी माधवकुमार नेपाल पक्षमा लागेका थिए ।

    यद्यपि १० बुँदे सहमति गरेर दश भाइ एमालेमै रहे सँगै उनी पनि एमालेमै रहेका थिए । चौधरीले आफू काठमाडौं जान विराटनगर एयरपोर्टमा रहेको र माओवादी प्रवेश गर्न लागेको सत्य भएको बताए । ‘सांसदको टिकट पाउने नपाउने भन्ने विषय २३ गतेपछि थाहा हुन्छ,’ चौधरीले भने, ‘तर, माओवादी प्रवेश गर्न लागेको भन्ने कुरा सत्य हो ।’

    उनी भोली माओवादी अध्यक्ष प्रचण्डको हातको टिका लगाएर प्रवेश गर्ने तयारीमा रहेको स्रोतले जनाएको छ । चौधरीलाई प्रदेशसभा सदस्यको उम्मेदवार बनाउने विषयमा माओवादी पंक्ति सहमत भइसकेको बुझिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij