बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

१५ हजार स्याउका बिरुवा वितरण

  • प्रकाशित मिति : बुधबार, माघ १९, २०७३



  • जुम्ला । जिल्ला कृषि विकास कार्यालयले किसानलाई ९८ प्रतिशत अनुदानमा १५ हजार स्याउका बिरुवा वितरण गरेको छ ।

    कृषिप्रसार कार्यक्रमअन्तर्गत जिल्ला कार्यालय र त्यस अन्तर्गतका सेवा केन्द्रबाट स्याउका बिरुवा वितरण गरिएको हो । स्याउ नर्सरीबाट रु ४० मा बिरुवा खरिद गरी किसानलाई दुई रुपैयाँमा बिरुवा उपलब्ध गराएको कार्यालयका प्राविधिक सहायक खेमराज शाहीले जानकारी दिए ।

    व्यक्तिलाई १० वटा तथा समूहमा आउनेलाई ३० वटा बिरुवा उपलब्ध गराइएको छ । किसानको सहजता र स्याउ बगँैंचा स्थापनामा सघाउ पुगोस् भनेर बिरुवा वितरण गरिएको शाहीले बताए । स्याउ आत्मनिर्भर कार्यक्रमअन्तर्गत कार्यालयलाई प्राप्त भएका ३३० निवदेनमध्ये प्रतिव्यक्ति १५० बिरुवा दिनेगरी १०० जनालाई छनोट गरिएको छ ।

    “छनोट भएका कृषकलाई खरिद मूल्यको ५० प्रतिशत कम मूल्यमा प्रति बिरुवा रु २० का दरले १५ हजार बिरुवा वितरण गरेका छौँ,” उनले भने । यस वर्ष ३० हजार बिरुवा वितरण गरिएको छ । यस वर्ष जिल्लामा एक लाख ४५ हजार स्याउका बिरुवा उत्पादन भएको थियो ।

    दर्ता भएका २८ स्याउ नर्सरीबाट एक लाख १० हजार तथा दर्ता नभएका नर्सरीबाट ३५ हजार स्याउका बिरुवा उत्पादन भएको कार्यालयले जनाएको छ । जिल्ला कार्यालयसँगै हाडसिङ्जा, नराकोट, तातोपानी र डिल्लीचौर सेवा केन्द्रबाट बिरुवा वितरण गरिएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij