आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

भूकम्पपीडितबाट ६६ लाख ठगेर भागेका ठेकेदार पक्राउ

  • प्रकाशित मिति : बुधबार, कार्तिक १६, २०७९



  • लमजुङ। लमजुङ प्रहरीले भुकम्पले भत्किएको घर पुनःनिर्माण गरिदिने भन्दै भूकम्पपीडितसँग रकम लिएर फरार भएका एक जना ठेकेदारलाई पक्राउ गरेको छ। सरकारले लाभग्राही प्रत्येकलाई ३ लाख रुपैयाँ उपलब्ध गराएको थियो।

    भूकम्पपीडितको घर निर्माण गरिदिने भन्दै ठेक्का लिएका मकवानपुर जिल्ला बकैया गाउँपालिका १०, अम्मासबेसी बस्ने ४७ वर्षीय ठेकेदार यमबहादुर थोकरलाई ३ वर्षपछि पक्राउ गरेको प्रहरीले जनाएको छ।

    घरहरुको डीपीसी गरेर सरकारबाट आउने दोस्रो किस्ताको १ लाख ५० हजार रुपैयाँका दरले पीडितहरूबाट करिब ६६ लाख रुपैयाँ लिएर भागेका उनलाई पक्राउ गरेको डीएसपी प्रकाश श्रीमलले बताए।

    २०७२ जेठ १२ गते गएको विनाशकारी भूकम्पका कारण घरबारबीहिन लाभग्राहीको आवास पुनःनिर्माणको लागि सरकारले ३ लाख रुपैयाँको व्यवस्था गरेको थियो । उक्त रकमले अपुग हुने भएपछि गैरसरकारी संस्था प्राक्टिकल एक्सनले लमजुङस्थित जनचेतना अभिवृद्धि र विकास अध्ययन समिति (कोप्पाडेस) मार्फत राइनास नगरपालिका र दोर्दी गाउँपालिकाका विपन्न नागरिकलाई ५० हजार रुपैयाँले रकम दिएको थियो।

    थप रकमसहित २०७६ को साउनबाट घर निर्माण कार्यको ठेक्का थोकरले भूकम्पपीडितको डीपीसीसम्मको घर निर्माणकार्य गरी सरकारबाट भूकम्प पीडितहरूलाई दोस्रो किस्ता वापत दिएको १ लाख ५० हजार रकम लिएर निर्माणाधीन घर अलपत्र बनाएको पीडितको गुनासो छ।

    घर निर्माण गरिदिन्छु भनी झुट्टा आश्वासन देखाएर ३ वर्षदेखि फरार उनीविरुद्ध उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय, लमजुङ र प्रहरी बृत ललितपुरबाट खटिएको संयुक्त टोलीले कात्तिक ३ गते पक्राउ गरी ल्याएको र ६ गते ठगी सम्बन्धी कसूरमा जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति लिइ अनुसन्धान गरेको र पुन सोमबार ७ दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रहरीले यसरबारे जानकारी मंगलबार मात्रै गराएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी निरीक्षक जगदिश रेग्मीले केही व्यक्तिका उजुरीको आधारमा पक्राउ गरी ल्याइएको र घटनाबारे बुझेपछि ढिलामात्रामा सार्वजनिक गरिएको बताए।

    जिल्ला प्रहरी कार्यालयले भूकम्पको लाभग्राही सूचीमा परेर ठेकेदार यमबहादुर थोकरबाट पीडित भएकालाई आवश्यक कागजातपत्रसहित सम्पर्क राख्न अनुरोध गरेको छ ।
    प्रतिक्रिया

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij