बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

गिरानचौरमै फेरि अर्को एकीकृत बस्ती शिलान्यास

  • प्रकाशित मिति : बुधबार, माघ १९, २०७३



  • राष्ट्रिय पुन निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्द पोखरेलले सिन्धुपाल्चोकको गिरानचौरमा दोस्रो एकीकृत बस्तीको शिलान्यास गरेका छन्। स्थानीयको पहलमा बन्न लागेको एकीकृत बस्तीस्थल गिरानचौर आएका उनले सार्वजनिक पूर्वाधार र सहुलियत ऋण प्रदान गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

    ‘आफ्नो गाउँ आफैं बनाऔँ नेपाललाई विश्वसामू चिनाऔँ’ भन्ने मुल नाराको साथमा निर्माण हुन लागेको सामुदायिक स्थायी एकीकृत बस्ती मेलम्ची ८ गिरानचौरको शिलान्यास गर्दै उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।

    पोखरेलले पहिलो किस्ताको काम पुरा गरिसकेका भूकम्पपीडितले अब केही दिनमै दोस्रो किस्ता रकम पाउने बताए। उनले प्रकृया पुरा गरी माग गरेको एक दिन भित्रै रकम पाउन सकिने दाबी समेत गरे।

    त्यस्तै उनले गाउँ ठाउँमा घर बनाउने विषयमा अन्यौलता भएका ठाउँमा इन्जिनियरिङका विद्यार्थीलाई सहयोगको लागि परिचालित गर्न लागिएको समेत जानकारी दिए। त्यस्तै १५ लाख र २५ लाख ऋण वास्तविक छुटेका पीडित गुठी लगाएतका समस्या चाँडै समाधान गर्न प्रयत्न गर्ने बताए।

    उनले गिरानचौरमा अब निर्माण हुन लागेको १५० घर धुरीको एकीकृत बस्तीका लागि आफूले एक साताको तलब रकम सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए।

    सामुदायिक पुनर्निर्माण आयोजनाका अनुसार एकीकृत बस्तीमा बन्ने बन्ने एउटा घर ७ आना जग्गाभित्र हुनेछ । यसको लागत ११ लाख अनुमान छ ।

    साथै दक्ष कामदार उत्पादनका लागि प्रहरी सेनाबाट गाउँमै तालिम दिने र जोखिममा रहेका बस्ती चाडै सारिने पोखरेलले बताए।

    मेलम्ची नगरपालिका ८ स्थित यस बस्ती निमार्ण १ वर्ष भित्र सक्ने लक्ष्य रहेको सामुदायिक पुन निर्माण पर्यटन प्रवर्धन परियोजन गिरानचौरका अध्यक्ष राजकुमार भट्टराइले बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij