बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

बैशाखबाट अत्याधुनिक नम्बर प्लेट राख्ने तयारी : चोरी वा हराए पहिचान गर्न सहज हुने

  • प्रकाशित मिति : बिहिबार, माघ २०, २०७३



  • काठमाडौँ । सरकारले बैशाखबाट सवारी साधनमा अत्याधुनिक नम्बरप्लेट जडान गर्ने भएको छ । यातायात व्यवस्था विभागले सवारी यातायात तथा व्यवस्थापन ऐन २०४९ मा गरिएको व्यवस्था अनुसार सवारी साधनमा अत्याधुनिक नम्बर प्लेट जडान गर्ने तयारी गरेको हो ।

    ‘आगामी बैशाखबाट सवारी साधनहरुमा अत्याधुनिक नम्बर प्लेट राख्न सुरु हुन्छ’ यातायात व्यवस्था विभागका शाखा अधिकृत डा. टोकराज पाण्डेले भने ‘ अत्याधुनिक नम्बर प्लेटको जडानबाट सवारी साधनको पहिचान गर्न सजिलो हुन्छ, सवारी साधनको चोरी भए वा हराए पहिचान गर्न पनि सहज हुनेछ ।’

    अत्याधुनिक नम्बर प्लेट बनाउने कामलाई तीव्रता दिइएको पनि विभागले जनाएको छ । ठेक्का प्रक्रिया पुरा गरी काम अघि बढाइएको विभागले जानकारी गराएको हो

    । विभागले सवारी साधन हराउने र चोरी हुने सम्भावना बढदै गएपछि ती समस्या समाधानका लागि सवारी साधनमा अत्याधुनिक नम्वर प्लेट राख्ने योजना अघि बढाएको हो । सवारी साधनको व्यवस्थापनमा अत्याधुनिक नम्बर प्लेटले पनि सघाउ पु¥याउने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij