बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

प्याराग्लाइडिङको सम्भावना बोकेको ‘बाहुनडाँडा’ ओझेलमा

  • प्रकाशित मिति : शुक्रबार, माघ २१, २०७३



  • पाल्पा । हिमाल, पहाडसँगै कालीगण्डकी बँेसी उपत्यकाको एकै नजरमा अवलोकन गर्न पाइने पर्यटकीय बाहुनडाँडा क्षेत्र प्राकृतिक रुपमा निकै सुन्दर र मनमोहक देखिन्छ । रमणीय हरियाली वातावरण रहेको बाहुनडाँडा क्षेत्रमा प्याराग्लाइडिङको प्रचुर सम्भावना रहे पनि भौतिक पूर्वाधार विकास अभावमा ओझेलमा परेको छ ।

    रामपुर नगरपालिका–१० को विकट र दुर्गममा रहेको यस क्षेत्रबाट कालीगण्डकी उपत्यकाको अवलोकन गर्दा कुनै विकसित सुन्दर सहरजस्तो लाग्छ । तर यहाँसम्म पुग्ने मोटरबाटोको स्तरोन्नति हुन नसक्दा यस्ता प्रकृतिले दिएका सुन्दर मनमोहक क्षेत्र ओझेलमा परिरहेका छन् ।

    प्याराग्लाइडिङ सञ्चालन गरेर प्रशस्त स्वदेशी तथा विदेशी मुद्रा आर्जन गर्ने सम्भावना छ । तर यस विषयमा स्थानीय निकाय, यस क्षेत्रका राजनीतिक दल, बुद्धिजीवी, सामाजिक व्यक्तिले नै ध्यानदृष्टिले सोच्न पनि सकिरहेका छैनन् ।

    नगरपालिकाको बजेट विनियोजन गर्दा पनि सकेसम्म टाठाबाठा व्यक्तिले मात्रै आफूलाई पायक पर्ने स्थानमा मात्र खर्च गर्न जोड गर्छन् । नगरवासी भएर पनि यहाँका जनताले न त बिजुलीको सुविधा, न त खानेपानी, न त सडक यातायातको सुविधा भोगचलन गर्न पाएका छन् । एक किलो नुनका लागि पनि दुई घन्टाको पैदल हिँडेर रामपुर बजार नै धाउन बाध्य रहेको स्थानीय बासिन्दा मिनु सिञ्जाली बताउछन ।

    यहाँबाट उत्तरतर्फ टल्केका हिमालको दृश्य, स्याङ्जा, तनहुँको रमणीय पहाडी भेग, कलकल बग्ने कालीगण्डकी नदी, तल रमणीय रामपुर उपत्यकाले जो कसैलाई पनि मोहित पारिरहेको हुन्छ । विकासले गति लिन नसक्दा यस्ता प्रकृतिले दिएको प्रचुर सम्भावना पनि खेर गइरहेका छन् ।

    यस क्षेत्रमा प्याराग्लाइडिङ सञ्चालन गर्न सकेको खण्डमा गाउँ र यहाँका जनताले मुहार फेर्ने स्थानीय बताउछन् । नगरपालिकाले पनि यस क्षेत्रमा सम्भाव्यता अध्ययन गरी निकट भविष्यमा प्याराग्लाइडिङ सञ्चालनतर्फ चासो दिएर काम गर्नु जरुरी छ । यस्ता प्रकृतिले दिएका अपार रमणीय क्षेत्रको विकास गर्न सके रामपुर क्षेत्रले मात्र हैन देशले नै छिट्टै फड्को मार्ने थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij