प्रकाशित मिति : शुक्रबार, माघ २१, २०७३
गुल्मी । वार्षिक तीन लाख बजेटले जिल्ला अस्पताल गुल्मी चलिरहेको छ भन्दा पत्याउन मुस्किल पर्छ । तर, पत्याउनै पर्ने बाध्यता छ । दैनिक सयौ विरामी परिक्षण र उपचार गर्नुपर्ने यो अस्पताल वार्षिक तीन लाख वजेटले कसरी चलेको होला ? आफै अनुमान गरौं ।
२५ वर्षको अवधीमा जिल्लामा दोव्वर जस्तै जनसंख्या बृद्धि भइसक्यो ।
त्यही अनुसार अस्पतालमा विरामीकोको चाँप पनि बढ्दै गयो र सरकारबाट निशुल्क औषधी उपचारको नारा पनि चर्किदै गयो । तर नारा जति चर्किए पनि वजेट भने २५ वर्ष अघि जति थियो अहिले पनि त्यति नै छ ।
२०४९ सालदेखि जिल्ल्ला अस्पतालमा कार्यरत कृष्णप्रसाद श्रेष्ठ भन्छन् ‘म त्यतिवेला छँदा पनि वार्षिक तिन लाख बजेट थियो, अहिले पनि ३ लाख नै छ । प्रश्ट भन्ने हो भने त्यो रकमले ल्यावमा प्रयोग हुने केमिकल किन्न पनि पूग्दैन, औषधी कहाँबाट पर्याँऊ । ’
जिल्ला अस्पताल गुल्मीका सुपरिटेण्डेन्ट डाक्टर श्यामकिशोर चौधरी भन्छन्– ‘तीन लाख रकमले पाँच दिनका लागि पनि औषधी किन्न पुग्दैन । सेवाग्राहीले सरकारले सुचित गरेको निशुल्क औषधी खोज्नु स्वभाविकै हो तर त्यो निशुल्क औषधी हामीलाई न केन्द्रले पठाउँछ न त क्षेत्रले नै ?’
२०५० सालसम्म जिल्ला जनस्वास्थ्य कार्याल र अस्पताल छुट्टाछुट्टै थिए । लेखापाल श्रेष्ठका अनुसार २०५० साल देखि सरकारले जन स्वास्थ्य कार्यालय अन्तर्गत अस्पताल सञ्चालन गर्यो, २०७० साल देखि फेरी अलग बनाएर जिल्ला अस्पताल विकास समिति मार्फत सञ्चालन हुन्छ । मेडिकल सुपरिटेण्डन्ट डाक्टर चौधरी भन्छन् ‘औषधी नभएर कहिले जनस्वास्थ्यसँग त कहिले समितिसँग अनुयविनय गछौं । ’
सरकाले यो सहित देशभरका २२ अस्पताललाई पनि ५० शैयाको अस्पतालमा स्तरबृद्धि ग¥यो तर औषधी त परैजावस बजेट नै २५ बर्षअघिको मात्रै छ ।
‘जिल्लावासी मात्र होईन छिमेकी जिल्ला अर्घाखाँची , वाग्लुङ्ग र प्युठान सम्मका विरामी यस अस्पतालमा आउँछन्’ डाक्टर चौधरीले भने ‘दैनिक सरदर १सय ५० देखि २ सय जाना सम्म विरामीको उपचार हुन्छ । ’
डाक्टरको दरवन्दी ११ भएका जम्मा ३
डाक्टर चौधरीका अनुसार ५० शैयाको स्तरनोत्ती भएको जिल्ला अस्पताल तम्घासमा डाक्टरको दरवन्दी ११ जनाको छ । तर उनिसहित जम्मा तीन जना डाक्टर मात्रै कार्यरत छन् । ति मध्ये डाक्टर सिर्जना पौड्याल कार्यरत छन् भने डाक्टर ज्ञानहरी मरासीनी एक महिना देखि विदामा छिन् । त्यस्तै ५० जना नर्सिङ्ग स्टाफ दरवन्दी रहेकोमा जम्मा ३३ जना मात्रै छन् ।
राजनीतिक नियुक्ती तत्कालै
सरकारले यतिका वर्ष डाक्टर र अन्य स्वास्थ्यकर्मीको रिक्त पदपुर्ति गर्न वास्ता नगरे पनि कांग्रेस नेता गगन थापा स्वास्थ्य मन्त्री हुनसाथ अस्पताल विकास समितिको अध्यक्षमा भने राजनैतिक नियुक्त भएको छ । । तम्घास साहुटोलका कांग्रेस कार्यकर्ता विनोद पाण्डेलाई जिल्ला अस्पताल विकास समितिको अध्यक्षमा नियुक्ति गरिएको हो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij