शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

ल्यापटप किन्दै हुनुहुन्छ ? यी हुन् ध्यान दिनुपर्ने पाँच खास कुरा

  • प्रकाशित मिति : शनिबार, माघ २२, २०७३



  • ल्यापटप किन्दै हुनुहुन्छ ? पहिल्यै विचार पुर्‍याउनुहोस् । कुनै ज्ञानविना ल्यापटप किन्दा पछि पछुताउनुपर्ला । सामान्यतः अधिकांशले ल्यापटपको लुक्स, वेब क्याम्प, किबोर्ड, माउसप्याडलगायत बाहिरी कुरा हेरेर ल्यापटप किन्ने गरेको पाइन्छ । तर, तपाईं अब यी कुरामा मात्रै सीमित नरहनुहोस् । आफूलाई मनपर्ने राम्रो ब्रान्ड रोजिसकेपछि ल्यापटप किन्दा ध्यान दिनुपर्ने खास पाँच

    प्रोसेसर
    ल्यापटप किन्दा प्रोसेसरमा मुख्य ध्यान दिनुहोस् । प्रोसेसर ल्यापटपको मुख्य इन्जिन हो । प्रोसेसरको स्पिड बुझेर मात्रै ल्यापटप रोज्नुहोस् । प्रोसेसर स्पिड फास्ट भएको ल्यापटप आवश्यक पर्छ । लेटेस्ट टेक्नोलोजीअनुसारको प्रोसेसर हुनुपर्छ । प्रोसेसर स्पिड स्लो भयो भने ल्यापटपको फङ्सन नै स्लो हुन्छ । त्यसो त प्रोसेसरको स्पिड मात्रै फास्ट भएर हुँदैन । प्रोसेसरभित्र हुने क्यास मेमोरीबारे पनि ध्यान दिनुपर्छ । क्यास मेमेरो हाई हुनुपर्छ, जसले ल्यापटपलाई चुस्त राख्छ । प्रोसेसर स्पिड कम तथा क्यास मेमोरी लो भएको ल्यापटपको बुटिङदेखि सबै फङ्सनमा समस्या निम्तिन्छ ।

    र्‍याम
    ल्यापटपमा प्रोसेसरको भूमिका जति छ, र्‍यामको पनि उत्तिकै हुन्छ । हाई पावरको र्‍याम हुन जरुरी छ । त्यसो त आफूले कस्तो प्रोग्राम या एप्लिकेसन चलाउने हो, त्यसअनुसार पनि र्‍याम आवश्यक पर्छ । वर्ड, एक्सल मात्रै चलाउनेलाई २–४ जिबीको र्‍यामले पुग्छ भने भिडियो एडिटिङ, ग्राफिक्सलगायत काम गर्ने हो भने कम्तीमा ८–१६ जिबीको मेमोरी भएको ल्यापटप आवश्यक पर्छ । आफ्नो आवश्यकतालाई उपयुक्त हुने ल्यापटप हो-होइन, किन्ने वेलामै ध्यान दिनुपर्छ । त्यसो त र्‍यामको स्टोरेज क्षमता मात्रै होइन, स्पिडबारे पनि ध्यान दिनुपर्छ । अहिले बजारमा ६ सय, ८ सय, १३ सय, १६ सय मेगाहर्ज स्पिडको र्‍याम भएका ल्यापटप उपलब्ध छन् । सकेसम्म १६ सय मेगाहर्ज स्पिडको र्‍याम किन्नु नै उपयुक्त हुन्छ । र्‍यामको जिबीले स्टोरेज क्षमता बताउँछ भने मेगाहर्जले स्पिड फङ्सनलाई जनाउँछ । र्‍याम बढी क्षमताको भएर पनि स्पिड स्लो भयो भने फङ्सनमा समस्या हुन सक्छ ।

    मेमोरी
    ल्यापटप किन्दा ग्राफिक मेमोरीबारे गम्भीर भएर बुझ्नुहोस् । ल्यापटपमा कस्तो काम गर्ने भन्ने विषयमा निश्चित भएर मात्रै ग्राफिक मेमोरी भएको ल्यापटप किन्नुहोस् । भिडियो एडिटिङ, फोटोसप, डिजाइनिङ, साउन्ड एडिटिङसँग सम्बन्धित काम गर्न ल्यापटप किन्न खोज्नुभएको हो भने ग्राफिक मेमोरीसहितको ल्यापटप चाहिन्छ । यसका लागि डेडिकेडेट ग्राफिक्ससहितको ल्यापटप बजारमा पाइन्छ । यो पनि फरक–फरक जिबी क्षमतामा पाइन्छ । आफ्नो कामको प्रकृति
    हेरेर किन्नुपर्छ ।

    ब्याट्री
    पहिलेका ल्यापटपमा ब्याट्री ब्याकअप निकै कम हुन्थ्यो । तर, लेटेस्ट मोडेलका ल्यापटपमा ब्याट्री ब्याकअप राम्रै राखिएको हुन्छ । तर, सबै समान किसिमका भने छैनन् । त्यसैले किन्ने वेला ब्याट्री ब्याकअपबारे ध्यान दिनुपर्छ । अहिले बजारमा ४ र ६ सेल ब्याट्री भएका ल्यापटप बढी चलेका छन् । यसमध्ये ६ सेलको ब्याट्री भएको ल्यापटप किन्नु उत्तम हुन्छ । यसले लामो समयसम्म ब्याकअप दिन्छ । ब्याट्रीमा सेल जति बढी हुन्छ, ब्याकअप उति नै बढी हुन्छ ।

    स्क्रिन
    स्क्रिनको साइजअनुसार ल्यापटपको साइज तल–माथि हुन्छ । ह्यान्डी साइजको भयो भने बोक्न सजिलो हुन्छ । स्क्रिनको आकार आफूलाई सहज हुने ढंगले रोज्न सकिन्छ । तर, स्क्रिनको पनि रिजोलुसन हुन्छ । यसको ठूलो महत्व हुन्छ । स्क्रिनको रिजोलुसन बुझेर मात्रै ल्यापटप किन्नुहोस् । लो रिजोलुसनको स्क्रिनमा भिडियो, फोटो हेर्दा क्वालिटी राम्रो देखिँदैन । यस्तो स्क्रिनमा कलर डेप्थ आउ“दैन । त्यसैले हाई रिजोलुसन स्क्रिन भएको किन्नुहोस् । १९२०³×१०८० को एचडी स्क्रिन किन्नु राम्रो हुन्छ । योभन्दा माथिको र तलको पनि पाइन्छ । माथिको किन्दा मूल्य बढी पर्छ भने तलको किन्दा मूल्य र क्लालिटी दुवै कम हुन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij