बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

वन्यजन्तु पाल्ने व्यवस्थाको विरोध

  • प्रकाशित मिति : आइतवार, माघ २३, २०७३



  • चितवन । वन्यजन्तु संरक्षण ऐन संसोधन गरेर बन्यजन्तु पालन प्रावधान थप्न लागेको विरोधमा वन्यजन्तु तथा पशुअधिकारका क्षेत्रमा क्रियाशिल युवाले शनिबार भरतपुरमा प्रदर्शन गरेकोछ ।

    एनिमल राइट क्लब, वन फुड फरवार्ड र लियो क्लब भरतपुर चौतारीले संयुक्त रुपमा चौबीसकोटीदेखि नारायणगढको लायन्स चोकसम्म जुलुस आयोजना गरे ।

    कृषि तथा वन विश्वविद्यालय रामपुरका सहप्राध्यापक कल्याणी मिश्रले जुलुस आरम्भ गर्दै वन्यजन्तुलाई प्राकृतिक वातावरण नै प्रिय लाग्ने भएका कारण त्यसभन्दा बाहेकको बासस्थान प्रबन्ध गर्नु राम्रो नहुने बताइन् । उनले ऐनमा वन्यजन्तु पालन व्यवस्था नराख्न सरकारसँग माग गरिन् ।

    वन्यजन्तु पाल्न पाइने प्रावधान थप्ने तयारीका साथ सरकारले २०२९ सालमा बनेको ऐन पाँचौपटक संसोधन गर्दैछ ।

    यस अघि ऐन संसोधनबारे संसदको वातारण संरक्षण समितिले चितवनको सौराहामा आयोजना गरेको छलफलमा जिल्ला न्यायधिवक्ता मणिराज न्यौपानेले वन्यजन्तु पाल्न दिने प्रावधानले वन्यजन्तुको चोरी सिकारी मौलाउने खतरा रहेको औंल्याएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij