बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

सल्यानमा भालु आतङ्क : स्थानीय मेलापात र जङ्गल जान छाडे

  • प्रकाशित मिति : आइतवार, माघ २३, २०७३



  • सल्यान । पश्चिमी क्षेत्रका गाविसमा भालुले मानिसलाई आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित हुन थालेका छन् ।

    कालीमाटी रामपुर, लक्ष्मीपुर र निगाल्चुलामा भालुले मानिसलाई घरमै आएर आक्रमण गर्न थालेको छ । भालुले यही माघ १७ गते कालीमाटी रामपुर–६ कालाखोला निवासी ५४ वर्षीय डम्बरबहादुर वलीलाई राति आक्रमण गरी गम्भीर घाइते बनाएकामा जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

    यसअघि पनि भालुले कालिमाटी रामपुरका दुई र लक्ष्मीपुर गाविसका एक जनालाई आक्रमण गरी गम्भीर घाइते बनाएको स्थानीयवासी वीरबहादुर वलीले जानकारी दिए ।

    “साँझ ५ बजेपछि बच्चासहित भालु गाउँमा आउँछ, बाटोमा हिँड्ने जोसुकैलाई पनि आक्रमण गरेर घाइते बनाउँछ । भालुले गाउँमा आतङ्क मच्चाउन थालेपछि हामीहरु त्रसित छौँ”, कालीमाटी रामपुर–३ सिमलकुनाका कुलप्रसाद भण्डारीले भने ।

    भालुले गाउँमा आएर मौरीका घारमा पसेर खान थालेको कालिमाटी रामपुर–६ का चन्द्रबहादुर वलीले बताए । तीन महिनादेखि भालुले आतङ्क फैलाएपछि मानिस मेलापात, जङ्गल जान छाडेका लक्ष्मीपुर–१ का नारायण खत्रीले जानकारी दिए ।

    “जङ्गलको बाटो छ, एक्लै हिँड्न सकिँदैन, मोटरसाइकलमा चढेकालाई समेत लखेट्न थालेको छ”, खत्रीले भने । भालुले सताउन थालेपछि ५ बजे नै गाउँघर सुनसान हुन थालेको छ । जङ्गलमा खानेकुरा कम हुन थालेपछि भालु गाउँघरमा पस्न थालेको निगाल्चुला–४ का गोविन्द डाँगीले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij