बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

करेन्ट लागेर दुईको मृत्यु

  • प्रकाशित मिति : आइतवार, माघ २३, २०७३



  • बुधनगर–३ मा रेल्वे लाइनमा विद्युत् विस्तारका क्रममा करेन्ट लागेर शनिबार साँझ दुई जनाको मृत्यु भएको छ।

    रेल्वे लाइन विस्तारका क्रममा क्रेनमा चढेर बिजुलीको खम्बा सार्ने क्रममा करेन्ट लागेर सुनसरी छिटाहा–९ का २६ वर्षीय रामनारायण मण्डल र सुनसरीकै चिमडी–८ का २२ वर्षीय राजेश सरदारको मृत्यु भएको हो।

    विराटनगर–४ का सिन्टु कोइरालाले चलाएको क्रेनमा चढेर बिजुलीको खम्बा सार्ने क्रममा चार मजदुर घाइते भएका थिए। घाइतेमध्ये मण्डल र सरदारको विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा उपचारका क्रममा साँझ मृत्यु भएको हो । घाइते छिटाहा–९ का ३२ वर्षीय रामु मण्डल र २४ वर्षीय काशी ठाकुरको कोसी अञ्चल अस्पतालमै उपचार भइरहेको छ।

    क्रेन र त्यसका चालकलाई नियन्त्रणमा लिइएको जिप्रकाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्दीप भण्डारीले जानकारी दिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij