प्रकाशित मिति : आइतवार, माघ २२, २०७९
*जिल्ला प्रहरी कार्यालय जाजरकोटले जिल्लाका १२ स्थानमा जेब्राक्रसिङ बनाई संचालनमा ल्याईएको छ।
जाजरकोटका प्रमुख जिल्ला अधिकारीको समन्वयमा जिल्ला प्रहरी कार्यालय जाजरकोट र सडक
डिभिजन कार्यालय चौरजहारीको सयुक्त प्रयासमा छेडा-खलंगा सडक खण्ड अन्तर्गत अत्याधिक मात्रामा मानिसहरुको आवतजावत हुने विभिन्न १२ स्थानहरुमा सवारी दुर्घटना न्यूनिकरण तथा सचेतनाका लागी जेब्रा क्रसिंङ बनाई संचालनमा ल्याईएको हो।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाले सडक दुर्घटनामा कमी आउने र सहज हुने बिश्वास ब्यक्त गर्नु भएको छ ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij