आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

बीमाको पैसा लिने उद्देश्यले गाडीमा आगजनी, चालक पक्राउ

  • प्रकाशित मिति : सोमवार, फाल्गुन १, २०७९



  • काठमाडौं । बर्दियामा बीमाको रकम दाबी गर्ने मनसायले चालकले नै गाडीमा आगजनी गरेको खुलेको छ । गाडीमा आगो लगाएको आरोपमा प्रहरीले बर्दियाको मधुवन नगरपालिका-२ गंगापटुवाका रामु चौधरीलाई पक्राउ गरेको छ ।

    आइतबार राति २ बजे मधुबन नगरपालिका-०४ बसन्तास्थितमा लु २ ख २०८४ नम्बरको फोर्स गाडी आगलागी भएको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

    गाडीमा आगजनी भएको खबर पाएर पुगेको इलाका प्रहरी कार्यालय ढोढरीको टोलीले घटनाको अनुसन्धान गर्ने क्रममा चालक चौधरीले आफैंले आगजनी गरेको स्वीकार गरेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हिक्मतबहादुर बोहराले जानकारी दिए ।

    रामुले गाडी बिग्रिएको र मर्मतको लागि ग्यारेजमा लैजाँदा धेरै रकम लाग्ने भनेपछि बीमाको रकम दाबी गर्ने मनसायले आगजनी गरेको बताएका डीएसपी बोहराले बताए ।

    माघ २९ गते साँझ ८ बजे अर्को जिपले तानेर रामुले उक्त गाडीलाई चालकले जंगल क्षेत्रमा पर्ने बसन्ता पुर्‍याएका थिए । त्यसपछि चालकले डिजल छर्केर आगजनी गरेका हुन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij