प्रकाशित मिति : मङ्लबार, माघ २५, २०७३
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालीहरु प्रविधिको प्रयोग गर्ने सवालमा निकै अघि बढिसकेको भन्दै विद्युतिय मेसिनबाट मतदान गर्न कुनै समस्या नहुने विश्वास व्यक्त गरेका छन्
निर्वाचन आयोगले आगामी चुनावमा विद्युतिय मेसिन प्रयोग गर्नेबारे सुझाव लिन बोलाएको दलीय बैठकमा प्रचण्डले भने, ‘ केहि पहिले हुम्ला पुग्दा स्मार्ट फोनबाट फोटो खिचेको देखेको थिएँ । नेपालीहरु प्रविधिमा पछि छैनन् । स्मार्ट फोन चलाउन सक्ने अवस्थामा पुगेका नेपालीले भोटिङ मेसिन प्रयोग गर्न सक्छन् ।’
मेसिन प्रयोगबारे आयोग र सरकारले उचित निर्णय गर्ने बताउँदै प्रधानमन्त्रीले २१ औं शताब्दीको विषेशता नै विद्युतिय प्रणली भएकाले यसमा नेपाल पनि जार्नैपर्ने पक्षमा आफू रहेको बताए ।
विद्युतिय मेसिनको प्रयोगले निर्वाचन स्वच्छ, निश्पक्ष, धाँधलीरहित र प्रभावकारी समेत बन्ने उनको भनाई छ ।
उनले सरकारले छिट्टै चुनावको मिति घोषणा गर्ने बताउँदै उनले भने, ‘चुनाव हुन्छ सरकारले आयोगलाई तयारी गर्न भनिसकेको छ । अब चुनावबारे कसैले पनि प्रश्न गरिरहनु आवश्यक छैन ।
उनले आयोगले चुनावको तयारीस्वरप नै आजको कार्यक्रम गरेको पनि बताए ।
कार्यक्रममा संसदमा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेताहरुको सहभागिता रहेको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij