सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

राप्ती लोकमार्ग : बिग्रियो अस्तव्यसत सरकार रमिते,सर्बसाधारणले सास्ती भोग्दै /यो बर्ष मात्रै ४० जनाको मृयु

  • प्रकाशित मिति : आइतवार, चैत्र १२, २०७९



  • दाङ, सल्यान सडकको राप्ती लोकमार्ग बिग्रीएर अस्तव्यसत भएको छ । राप्ती लोकमार्ग ठाउँ–ठाउँमा जीर्ण छ । दाङ, सल्यान हुँदैरुकुमसम्म नै सडकबीचमा खाल्डाखुल्डी छन् । जिम्मा पाएका निर्माण कम्पनीले पनि समयमा काम गरेका छैनन् । जसले गर्दा आवतजावतमा पनि समस्या छ, भने दुर्घटनाको जोखिम पनि उत्तिकै छ ।“आवतजावत गर्दा धुलाम्मे हुन्छ, खाल्डाखुल्डीले पनि उत्तिकै समस्या पार्छ”, सल्यानबाट दाङ आउदै गर्नुभएका यात्रु रुद्रबहादुर रेउलेले भने“ दुर्घटनाको जोखिम उत्तिकै छ ।”

    सल्यान कपुरकोटदेखि तुल्सीपुर पुग्दा मानिस चिन्न नसिकने अबस्था रहने यात्रुहरुको गुनासो छ । त्यस्तै समय पनि धेरै लाग्ने गर्छ । “धुलोले शरिर थपक्कै ढाकेको हुन्छ”,मोटरसाइकल चालक लक्ष्मण केसीले भने, “खाल्डा खुल्डीले गर्दा पहिले जस्तो छिटो पनि आउन सकिदैन्, आधा घण्टा लाग्ने ठाउँमा, एक डेढ घण्टा लाग्छ ।”

    बिग्रिएको ठाउँमा मर्मतकालागि ठेक्का भइसकेको सडक डिभिजन कार्यालय दाङका प्रमुख रामपुकार जैसवालले बताए ।“धेरै ठाउँमा सडक बिग्रिएको छ, अहिले स–साना ठेक्का लागिरहेका छन्”,उनले भने, “स–साना ठेक्काको काम सकेपछि अर्को बर्षदेखि ठूलो ठेक्का लाग्छ ।”

    ठाउँ–ठाउँमा ठेक्का गरिएको भएपनि ठेकेदारले काम गरेको अबस्था छैन । पटक–पटक म्याद थप गर्ने कार्य भइरहेको छ । चालु आर्थिक बर्ष भित्र सडक मर्मतको काम सक्ने योजना रहेको प्रमुख जैसवालको भनाइ छ ।

    राप्ती लोकमार्ग सुरुमा ‘ओटासिल’ प्रबिधिबाट कालोपत्रे गरिएको हो । त्यो थोरै सवारी चल्दाको कालोपत्रे भएपनि अहिले धेरै सवारी चल्दा ठाउँ–ठाउँमा बिग्रिएको उनको भनाइ छ । तुलसीपुरदेखि रुकुम पश्चिम खौलासम्मको सडक ठाउँ–ठाउँमा बिग्रिएको छ । तीन बर्षदेखि राप्ती लोकमार्गका लागि भनेर छुट्टै बजेट बिनियोजन हुने गरेको छ ।

    चालु बर्षकालागि मात्रै बिभिन्न २० खण्डमा करिब रु ४८ करोड बजेट परेको छ । सडकमा खाल्डाखुल्डी हुँदा चालु बर्षमा मात्रै ३६ जनाभन्दा बढीको दुर्घटनाबाट मृत्यु भइसकेको छ । यस सडकमा बर्षेनी करोडौं बजेट विनियोजन गरेको भएपनि काम भने नहुँने गरेको पाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij