मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

अस्पताल डम्पिङ साइट

  • प्रकाशित मिति : शनिबार, माघ २९, २०७३



  • काठामाडौं । स्वास्थ्य संस्थालाई मृत्युबाट बचाउन जाने ठाउँका रूपमा लिइन्छ। तर, तिनै स्वास्थ्य संस्थाबाट निस्कने फोहरका कारण अर्को कुनै रोग त निम्तिँदैन भन्ने शंकाको प्रश्न उठ्न थालेको छ। देशकै सबैभन्दा ठूलो अस्पताल मानिने वीर अस्पतालमा पुग्दा त्यहाँ प्लास्टिकले बेरिएको फोहोरको डंगुर देखिन्थ्यो । आजको नेपाल समाचारपत्रमा खबर छ ।

    त्यसमा सिरिन्जदेखि सलाइन पानीका बट्टा र औषधीका खाली डिब्बाहरू खुला आकाशमुनि अस्पतालको पछाडि भागमा छरपस्ट फालिएको थियो। सरसफाइको दृष्टिले अन्य ठाउँभन्दा अस्पताल अझ संवेदनशील मानिन्छ। तर, कतिपय अस्पताल परिसरमा जताततै फोहर फाल्ने गरिएको पाइएको छ।

    अस्पताल प्रशासनले फोहरलाई व्यवस्थापन गर्ने बताए पनि व्यहारमा त्यसो भएको देखिएको छैन। अस्पताल प्राङ्गणमा सञ्चालित औषधि पसलअगाडि कन्टेनर रहे पनि पसलेहरूले भुइँमै यत्रतत्र फोहोर फ्याँक्ने गरेको खुल्न आएको छ।

    अस्पतालमा फोहर जमेर दुर्गन्ध बढेपछि उपचारका लागि आउने बिरामी, स्थानीय व्यापारी, सर्वसाधारण, अस्पतालकै स्वास्थ्यकर्मी तथा कर्मचारीहरू नाक छोप्दै हिँड्नुपर्ने अवस्थामा भेटिन्छन् ।

    सम्बन्धित पक्षले बेलैमा चासो नदिँदा विगत लामो समयदेखि दुर्गन्धमा नै बसेर काम गर्नुपरेको अस्पतालका कर्मचारीहरू बताउँछन्। वीर अस्पतालको चारैतिर फोहोरै–फोहोर थुपारिएको भए तापनि अस्पताल प्रशासनको चरम लापरबाहीका कारण लामो समयदेखि फोहोर व्यवस्थापन हुन सकेको छैन।

    अस्पतालका वार्डहरूबाट निस्कने फोहरलाई हरेक दिन संकलन गरी व्यवस्थापन गर्ने गरिएको देखिएको छ। अस्पतालबाट संकलन भएको फोहरलाई विभिन्न प्रकृतिमा विभाजन गरी महानगरपालिकाको जिम्मा लगाइदिने गरिएको नर्भिक अन्तर्राष्ट्रिय अस्पताल काठमाडौंले बताएको छ ।

    अस्पतालका नायव महाप्रबन्धक आर.के मैनालीलाई कसरी फोहर व्यवस्थित गर्नुभएको छ भनि जिज्ञासा राख्दा मैनाली भन्नुहुन्छ,–‘अस्पतालबाट निस्किएको फोहरलाई विभिन्न भागमा विभाजन गर्छौ। प्रत्येक वार्डमा चारवटा डस्टविन राखिएको हुन्छ। महानगरपालिकाले समय अनुकूल उक्त फोहोर दैनिक लैजाने गरेको छ। ’

    अस्पतालजन्य फोहरको व्यवस्थापन उचित र वैज्ञानिक ढंगले नगरिए फोहरमैला व्यवस्थापन ऐन २०६८ वमोजिम कारबाही हुने व्यवस्था छ। ऐनमा स्थानीय विकास मन्त्रीको अध्यक्षतामा १५ सदस्यीय फोहोरमैला व्यवस्थापन परिषद् गठन हुने उल्लेख भए पनि अहिलेसम्म बैठक बसेर कुनै ठोस निर्णय भएको खुल्न आएको छैन।

    परिषद् गठन भए पनि करिब दुई वर्षदेखि बैठक बस्न नसकेको परिषद्का सदस्य काठमाडौं महानगरपालिकाका प्रमुख रुद्रसिंह तामाङले बताउनुभयो। किन बैठक बस्न नसकेको भनि जिज्ञासा राख्दा परिषद्का सदस्य तामाङ भन्नुहुन्छ,–‘म महानगरपालिकाको प्रमुखमा नियुक्ती भएको २१ महिना भयो। मलाई वैठक बसेको थाहा छैन।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij