बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

चैतमा फुल्ने लालीगुराँश माघमै फुल्यो

  • प्रकाशित मिति : शनिबार, माघ २९, २०७३



  • कालिकोट । जिल्लाको अधिकांश लेकाली क्षेत्रहरुमा पाईने राष्ट्रिय पूmल लालिगुँरास यस बर्ष माघमै फुलेर लटरम्मै भएको छ । विगतका बर्षहरुमा फागुनको अन्तिम सातादेखी फुल्न सुरु गर्ने र चैतमा वनभरी गुराँश फुल हुने गरेपनि यस बर्ष भने माघमा फुलेर अस्थाउन थालेको हो ।

    जिल्लाका बिभिन्न स्थानमा पाईने घनघोर जंङगलहरुमा बसन्त ऋतुको आगमनसँगै वनभरी रातै हुनेगरी फुल्ने लालीगुँरास यस बर्ष माघमै फुलेपछि स्थानिय नागरिक अचम्ममा परेका छन् । फागुन महिनाको अन्तिम साताबाट भिरपाखाहरुमा लटरम्मै फुल्ने लालीगुँरास अहिले वन बिनासका कारण बिरलै मात्रामा पाईने गरेको र एक महिना अघिनै फुल्न थालेको मान्मा गाविस वडा नं. ८ निवासी स्थानिय भानु पाण्डेले बताए ।

    कालिकोट जिल्लाको ३० वटै गाविससका लेकाली क्षेत्रहरुमा प्रयाप्त मात्रामा फूल्ने लालीगुँरास स्थानिय समुदायहरुले खाना पकाउन दाउरा, दही मही बनाउने ठेकी, गोरु जोत्नको लागि जुवा लगायतका कामका प्रयोग गर्ने गरिन्छ ।

    गुँरासको काठबाट बनाईएको ठेकीमा भैसीको महि बनाउदाँ स्वाद राम्रो हूने र गुँरासको काठबाट बनाईएका कोईलाले फलामका भाँडा निर्माण गर्ने, आरन संचालन गर्नेहरुलाई यसको कोईलाबाट राप बढी प्राप्त हुने बताईएको छ ।

    गँुरासको दाउराको प्रयोगबाट अन्य प्रजातिका बिरुवाहरुको दाउराको तुलनामा राप बढी लाग्ने, ताप शक्ति गुँरासको कोईलामा अत्याधिक हुने र गुँरासको रुखको हाँगाबाट बिभिन्न कृषि औजारहरुको बिँड बलियो हुने भएकाले यसको प्रयोग तिब्र भईरहेको नानिकोटका स्थानिय बिरबल बुढाले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij