प्रकाशित मिति : आइतवार, जेष्ठ १४, २०८०
काठमाडौं । सन् २०२३ को मिस नेपाल श्रीच्छा प्रधान बनेकी छिन्। श्रीच्छा ले २४ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै मिस नेपाल २०२३ को उपाधि विजेता बनेकी हुन्। शनिबार गोदावरीको सनराइज हलमा भएको फाइनलमा श्रीच्छाले मिस नेपाल २०२३ को उपाधि जितेकी हुन्।
श्रीच्छालाई गतवर्ष २०२२ की मिस नेपाल प्रियंकारानी जोशीले ताज लगाई दिएकी हुन्। यस्तै, रैना मजगैया मिस नेपाल अर्थ र प्रसिद्वी शाह मिस नेपाल इन्टरनेशनल घोषित भएका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij