मङ्लबार, साउन १९, २०८३ | Tuesday 4th August 2026

नेपाल आइडल सिजन-६ को उपाधि गंगा सोनामलाई

  • प्रकाशित मिति : सोमवार, भदौ १६, २०८२



  • काठमाडौं । टिभी रियालिटी शो ’नेपाल आइडल’ सिजन ६ को उपाधि सिन्धुपाल्चोककी गंगा सोनामले जितेकी छन् ।

    आइतबार राति भएको ग्राण्ड फिनालेमा अन्य चार प्रतिस्पर्धीहरूलाई पछि पार्दै उनले उपाधि ताज पहिरिएकी हुन्।

    बबिता थापामगर फस्ट रनरअप र दर्शना गान्धारी सेकेन्ड रनरअप घोषित भए । उनीहरूले क्रमशः नगद १० लाख र ५ लाख रूपैयाँसहित विभिन्न उपहार प्राप्त गरेका छन् ।

    ‍ दर्शकको भोटका आधारमा विजेता घोषणा गरिएको हो । अभिनय खाती चौथो बने भने मृनल मानन्धर पाँचौ । यी दुवैले १ लाख रूपैयाँ पुरस्कार जिते। ।न्ह्यू बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी निर्णायक थिए । आसिफ शाहले होस्ट गरेका थिए ।यसअघि बुद्ध लामा, रवी ओड, सज्जा चौलागाईं, भूपेन्द्र थापा मगर र करण परियारले उपाधि जितेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij