बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

लोडसेडिङ हटेसँगै चितवनबासी खुसी

  • प्रकाशित मिति : शनिबार, माघ २९, २०७३



  • काठमाडौं । आफ्नो जिल्ला लोडसेडिङमुक्त घोषणा भएपछि चितवनका नागरिकमा खुसी छाएको छ ।
    चितवनका नागरिकले नेपाल विद्युत प्राधिरणको कदम प्रशंसायोग्य भएको भन्दै अब कहिल्यै लोडसेडिङको सामना गर्न नपरोस् भन्ने चाहेका छन् ।

    बिहीबार औपचारिक रुपमा नै प्राधिकरणले चितवनलाई लोडसेडिङमुक्त घोषणा गरेपछि चितवनबासी निकै उत्साहित भएका छन् । लामो समयदेखि लोडसेडिङको मार खेपिरहेका चितवनबासीले प्राधिकरणको सकारात्मक प्रयासको मुक्तकण्ठले प्रशंसा गर्दै आवश्यक परे आफूहरुले पनि प्राधिकरणलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

    प्राधिकरणले चितवनका औद्योगिक फिडरबाहेकका क्षेत्रलाई लोडसेडिङमुक्त बनाएको हो । क्रमशः औद्योगिक क्षेत्रमा हुँदै आएको लोडसेडिङ पनि हटाउने प्राधिकरण जनाएको छ । चितवनका स्थानीयले पनि अब छिट्टै औद्योगिक क्षेत्रमा हुँदै आएको लोडसेडिङ पनि अन्त्य होस् भन्ने चाहेका छन् ।

    चितवनको भरतपुर प्राधिकरण शाखाअन्तर्गत ६८ हजार ग्राहक छन् भने टाँडीअन्तर्गत ५० हजार ग्राहक छन् ।
    यसअघि सरकारले काठमाडौँ र पोखरालाई लोडसेडिङमुक्त घोषणा गरिसकेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij